३ फाल्गुन २०८१, शनिबार

थलारा गाउँपालिकामा एचपीभी खोप अभियान सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न
थलारा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ।
थलारा गाउँपालिका स्वास्थ शाखाको आयोजनामा पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीलाई एचपीभी खोप अभियान सम्बन्धि अभिमुखिकरण गरिएको हो ।
स्वास्थ्य प्रमुख पदम बहादुरलओलीका अनुसार विद्यालय जाने कक्षा ६ देखि १० सम्मका ८ सय ४७ र विद्यालय नजाने २ गरी ८ सय ४९ छात्रालाई खोप लगाइनेछ ।
एचपीभी खोप अभियान यही माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख ओलीले जानकारी दिनुभयो।
१५ विद्यालय र १० वटा स्वास्थ संस्थामा खोप केन्द्र सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका सबै छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपीभी खोप प्रदान गरिनेछ। विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि एचपीभी खोप अभियान सञ्चालन गरिने ओलीले बताउनु भयो ।
करिब नौ वर्ष अगाडि चितवन र कास्कीमा एचपीभी खोप सेवा सञ्चालन गरिएको थियो। त्यसबेला कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर एचपिभी खोप ६ महिनाको फरकमा दुई मात्रामा दिइएको थियो।
गोष्ठी थलारा गाउँ पालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक प्रकाश रोकायको अध्यक्षतामा भएको थियो ।
अभिमुखि करणमा खोप अभियानको उद्देश्य,
पाठेघरको मुखको क्यान्सरको अवस्था,
पाठेघर घरको मुखको क्यान्सर रोग सार्ने माध्यम,
पाठेघरको मुखको क्यान्सरका लक्ष्यण तथा चिन्ह
रोग रोकथामका उपायहरु वारे अभिमुखिकरण गरिएको थियो । पालिकाले सत प्रतिशत खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख ओलीले बताउनुभयो ।