३ फाल्गुन २०८१, शनिबार

थलारा गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को अर्धवाषिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न
थलारा गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को अर्धवाषिक प्रगति समीक्षा गरेको छ । पालिकाले शुक्रबार ६ महिनाको अवधिमा गाउँपालिकाबाट सम्पाद भएका योजनाको समिक्षा गरेको हो ।
थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्याग राज पाध्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि र उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि रहनु भएको थियो । समीक्षा कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य, वडा सदस्य,बिषयगत शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
प्रशासन अधिकृत केशवराज जोशीको सञ्चालन रहेको कार्यक्रममा बिषयगत शाखा प्रमुखहरुले शाखाको प्रगति प्रतिबेदन प्रश्तुत गरेका थिए ।
समापन समारोहमा गाउँपालिका अध्यक्ष रोकायाले गाउँपालिकाका योजना सम्पन्न गर्न वडा अध्यक्ष, वडा सदस्य सवैले चासो दिन जरुरी छ भन्दै गाउँपालिका बनाउन सबै ईमानदारीका साथ लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत पाध्याले अहिलेसम्म ५० प्रतिशत कार्य सम्पन्न भै सक्नु पर्ने हो,यो अबधिमा प्रगति कम हुदा खर्च पनि कम भएको बताउनुभयो ।
उपभोक्ता समिति गठनमा ढिलाइ हुनु बजेट सुनिश्चितता नहुदा र जग्गाको बिबादका कारण पनि कार्य सम्पादनमा ढिला हुदा प्रगति कम देखिएको भन्दै सुधार गर्नु पर्ने बताउनुभयो ।
साथै उनले पालिकामा पुजीगत खर्च घट्दै र चालू खर्च बढ्दै गएको बताउनुभयो । उनले गत बर्षको ढाईकरोड बेरुजु घटाउने र लिजामा नम्बर बढाउने प्रयास गरिने बताउनुभयो
थलारा गाउँपालिकाको अर्धबार्षक समिक्षामा बित्तीय प्रगति ३२ प्रतिशत र भौतिक प्रगति ३८ प्रतिशत भएको समीक्षा गरिएको छ