३ फाल्गुन २०८१, शनिबार

कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामदैजीबाट लागू औषध चरेशसहित बझाङका एक व्यक्ति पक्राउ
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र कञ्चनपुरको संयुक्त टोलीले कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामदैजीबाट लागू औषध चरेशसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले बझाङको बित्थड चिर गाउँपालिका–१ का ४० वर्षीय गमिलाल बोहरालाई नियन्त्रणमा लिएको हो। टोलीले बोहरालाई संकास्पद अवस्थामा बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा, उनको झोलामा लुकाएर राखिएको १ किलोग्राम ५८६ ग्राम चरेश फेला परेको थियो।
पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ। लागू औषध कारोबारविरुद्ध सुरक्षा निकायले गरेको यो सफल अपरेसनले यस क्षेत्रमा लागू औषध कारोबार नियन्त्रणमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1