३ फाल्गुन २०८१, शनिबार

अछाममा बाख्रा चराउन गएका २ किशोरी मृत फेला
अछाममा २ किशोरी मृत फेला परेका छन । बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत फेला परेका हुन । ढकारी गाउँपालिका –८, पल्साता निवासी १३ र १५ वर्षीया दुई किशोरीको शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बाख्रा चराउन गएका २ किशोरी मृत फेला परेको जानकारी आएको बताए ।
शनिबार राती नै प्रहरी घटनास्थल पुगेपनी राती भएकाले विस्तृत विवरण आउन बाकी रहेको उनले बताए ।
आज बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान तयारी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1