३ फाल्गुन २०८१, शनिबार

थलारामा मौषम पूर्वानुमान तथा प्रतिकार्य सम्बन्धि डेस्क नमुना घटना अभ्यास तथा बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण प्रारम्भिक छलफल बैठक सम्पन्न
थलारा गाउँपालिकामा मौषम पूर्वानुमान तथा प्रतिकार्य सम्बन्धि डेस्क नमुना घटना अभ्यास तथा बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण प्रारम्भिक छलफल बैठक सम्पन्न भएको छ ।
थलारा गाउँपालिकाको आयोजना तथा प्रतिबद्ध ३ परियोजनाको सहजीकरणमा मौषम पूर्वानुमान तथा प्रतिकार्य सम्बन्धि डेस्क नमुना घटना अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय तहले निर्माण गरेको विपद् व्यवस्थापन योजनामा तथा कार्यविधिमा समाहित कार्य तथा गतिविधिहरुको परीक्षण ।
हाल विद्यमान स्थानीय तहको सुचना संम्प्रेषण संयन्त्रको अवस्था बारे जानकारी लिने ।
विपद् अघि, विपद्को समयमा र विपद् पश्चात पालिकाको विद्यमान समन्वय संयन्त्रको विश्लेषण गर्ने।
हाल विद्यमान स्थानीय तहमा गठित विषयगत समितिको सक्रियता तथा कार्यान्वयन
अभ्यासवाट प्राप्त सिकाईहरु सङ्कलन गरि विद्यमान योजनाहरुको अद्यावधिक गर्न प्रयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
साथै गाउँपालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको अवधारणाको बिषयमा समेत अभिमुखिकरण प्रदान गरिएको थियो ।
थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती विभिन्न वडाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत पर्याग राज पाध्या बिषयगत शाखा प्रमुख हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिबद्ध परियोजनाका चेतन खड्का उषा जोशी र सबिन नेपालले सहजीकरण गरेका थिए । हिजो देखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो ।