२ फाल्गुन २०८१, शुक्रबार

थलारा गाउँपालिका ८ मा एचपीभी खोप अभियान सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न
थलारा गाउँपालिका वडा नम्बर ८ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ।
थलारा गाउँपालिका स्वास्थ शाखाको आयोजनामा वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारीलाई एचपीभी खोप अभियान सम्बन्धि अभिमुखिकरण गरिएको हो ।
कोईरालाकोट स्वास्थय चौकी ईन्चार्ज बिजय राज खातीका अनुसार वडा नम्बर ७ र ८ मा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका १ सय ८५ र विद्यालय नजाने २ गरी १ सय ८७ लाई खोप लगाइनेछ ।

एचपीभी खोप अभियान यही माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने भएपनि वडा नम्बर ७ र ८ मा २२, २३ र २४ तिनदिन अभियान सञ्चालन हुने इन्चार्ज खातीले जानकारी दिनुभयो।
३ विद्यालय र १ वटा स्वास्थ संस्थामा खोप केन्द्र सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका सबै छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपीभी खोप प्रदान गरिनेछ।
गोष्ठी थलारा गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष तथा वडा स्तरीय खोप समन्वय समितिका संयोजक टिकाराज जोशीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कोईरालाकोट स्वास्थ्य चौकी इन्चार्ज खातीले खोप अभियानको उद्देश्य,
पाठेघरको मुखको क्यान्सरको अवस्था,
पाठेघर घरको मुखको क्यान्सर रोग सार्ने माध्यम,
पाठेघरको मुखको क्यान्सरका लक्ष्यण तथा चिन्ह
रोग रोकथामका उपायहरु वारे अभिमुखिकरण गरिएको थियो ।

करिब नौ वर्ष अगाडि चितवन र कास्कीमा एचपीभी खोप सेवा सञ्चालन गरिएको थियो। त्यसबेला कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर एचपिभी खोप ६ महिनाको फरकमा दुई मात्रामा दिइएको थियो।