थलारा गाउँपालिकामा ७ दिने स्थानीय डकर्मी हरुका लागि भुकम्प प्रतिरोधात्मक संरचना निर्माण सम्बन्धि क्षमता बिकास तालिम सुरु

सेयर गरौं

थलारा गाउँपालिकामा ७ दिने स्थानीय डकर्मी हरुका लागि भुकम्प प्रतिरोधात्मक संरचना निर्माण सम्बन्धि क्षमता बिकास तालिम सुरु भएको छ ।
युनाइटेड मिसन टु नेपाालको सहयोग र प्रगतिशील युवा समाजको आयोजनामा सात दिने
स्थानीय डकर्मी हरुका लागि भुकम्प प्रतिरोधात्मक संरचना निर्माण सम्बन्धि क्षमता बिकास तालिमको शुक्रबार सुरु भएको हो ।
स्थानीय डकर्मिलाई भुकम्प प्रतिरोधि संरचना निर्माणका लागि थप क्षमता बृद्वि गर्न तालिमको आयोजना गरेको प्रगतिशील युवा समाज  परियोजना संयोजक छत्रराज जोशीले बताउनुभयो ।
तालिममा थलारा गाउँपालिकाका ९ वटै वडा बाट २२ जना डकर्मिको सहभागीता रहेको छ ।
प्रगतिशील युवा समाज चैनपुर बझाङका अध्यक्ष रमेश के शी को अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा थलारा गाउँपालिका लेखा अधिकृत दिपक राज पाण्डेय, ईन्जिनियर संगीत रोकाया, प्रगतिशील युवा समाजका कार्यक्रम निर्देशक लबराज जोशी लगायत अतिथि रहनु भएको थियो ।
तालिम नुका ईन्टरप्राइजेज ललितपुरका निर्देशक महेन्द्र खड्का र  बिरेन्द्र रोकाया प्रशिक्षक रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 270