३ फाल्गुन २०८१, शनिबार

दुर्गाथली गाउँपालिका अध्यक्ष थापाको सडक सरसफाइ अभियान : जयपृथ्बी राजमार्गमा सडक अतिक्रमण गरि बनाईएका संरचना हटायो
बझाङ, जिल्लाको दुर्गाथली गाउँपालिकाले जयपृथ्बी राजमार्गमा सडक अतिक्रमण गरि बनाईएका संरचना हटाएको छ । स्थानीयले जयपथ्बी राजमार्ग आसपासको जग्गाको मुआब्जा लिएको एक दशक बिति सके पनि राजमार्गमा अतिक्रमण गरि स्थानीयहरुले अस्थाई घर तथा टहरा बनाउँदै आएका थिए । दुर्गाथली गाउँपालिकाकाको–२ मौरिबगर देखि सुडिखोला सम्मको जयपृथ्वी राजमार्गको सडक अतिक्रमण गरि बनाईएका अस्थाई घर तथा टहरामा डोजर चनाएर सफाइ गरिएको छ ।
दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापा “तुफान”को नेतृत्वमा भएको अभियानमा स्थानीयले पनि साथ दिएका छन् । गाउँपालिकाले पटक पटक कार्यपालिकाको बैठकले निर्णय गरि स्थानीयलाई तत्काल खाली गर्न पत्राचार समेत गरिएको थियो । सडक अतित्र्रमण गरेका कारण जिल्लामा दर्घटनामो जोखिम बढ्ने भएकाले सडकको अवस्था सुधार गर्न अतिक्रमण हटाउने काम गरेको हो । “सडकको मापदण्डभित्र रहेका संरचनाहरूले आवागमनमा समस्या सिर्जना गर्दै आएका थिए । यो समस्या समाधान गर्न हामीले जनप्रतिनिधि, स्थानीय बासिन्दा, कर्मचारीहरू, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागितामा सफाइ कार्यलाई अघि बढाएका हौं । अध्यक्ष तुफानले बताउनुभयो , अतित्र्रmमण गरिएको सडक खुलाउनका लागी जिल्लाका बिभिन्न बैठकमा कुरा राखेको स्मरण गराृँउदै पहिलो पटक आफुबाट यो अभियान सुृरु भएकाले सबै पालिकाहरुले अतिक्रमण हटाउनु पर्छ” । अध्यक्ष थापाले थप्नुभयो, राजपृथ्बी राजमार्ग जोडिएका पालिकाले समेत यो अभियान सुरु गर्नु अनिवार्य छ । उहाँले गाउँपालिका क्षेत्रभित्र सडक मापदण्डको पालनामा स्थानीयको सहयोग आवश्यक रहेको उल्लेख गर्दै विकास निर्माणका कामहरू व्यवस्थित रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
दुर्गाथली गाउँपालिकाको यस अभियानले जिल्लामा समेत थप चर्चा पाएको छ । स्थानीय भरत रावलले भन्नुभयो, राजमार्गमा अतिक्रमण गरिएका टहरा हटाउनु अनिवार्य थियो । अहिले टहरा हटाएपछि सवारी दुर्घटनामा न्युनीकरण आउनुका साथै देखिनमा पनि राम्रो भएको बताउनुभयो । दश बर्ष अगाडी सडकको केन्द्र भागबाट तल माथीको मापदण्डमा परेको जग्गाको मुआब्जा पाएको भएपनि स्थानीय भने सदरमुका चैनपुर , सिमखेत , सुबेडा तमैल, भाडेबजार देलेख सम्मका स्थानीय बजारमा जग्गा अतिक्रमण गरेको भएपनि यसलाई हटाउन कुनै पनि क्षेत्रबाट पहल नभएका बेला दुर्गाथली गाउँपालिकाले गरेको यो अभियान स्वागत योग्य रहेको नागरिक समाजका अगुवाहरुको बुझाई समेत छ ।