७ चैत्र २०८१, शुक्रबार

थलारा गाउँपालिकामा ७ दिने स्थानीय डकर्मी हरुका लागि भुकम्प प्रतिरोधात्मक संरचना निर्माण सम्बन्धि क्षमता बिकास तालिम सम्पन्न
थलारा गाउँपालिकामा ७ दिने स्थानीय डकर्मी हरुका लागि भुकम्प प्रतिरोधात्मक संरचना निर्माण सम्बन्धि क्षमता बिकास तालिम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपाालको सहयोग र प्रगतिशील युवा समाजको आयोजनामा सात दिने
स्थानीय डकर्मी हरुका लागि भुकम्प प्रतिरोधात्मक संरचना निर्माण सम्बन्धि क्षमता बिकास ७ दिने तालिम आज सम्पन्न भएको हो ।
तालिममा सहभागीले ७ दिने तालिमबाट भुकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि धेरै कुरा सिकेको बताएकाछन ।
थलारा गाउँपालिका भवनमा आयोजना गरिएको ७ दिने तालिमा सहभागी वडा नम्बर ७ का डबल चलाउनेले तालिमबाट आफू भुकम्प प्रतिरोधात्मक घरवनाउन सक्ने बताउनुभयो । स्थानीय स्तरमा ढुंगा र माटोको गाह्राे लगाएर घर निर्माण गर्न जानेको भएपनि ईटा र सिमेन्टको गाह्राे लगाएर घर निर्माण गर्ने अनुभव थिएन तालिमबाट ईटा र सिमेन्टको गाह्राे लगाएर भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने सीप सिकियो थलारा ९ का बम बहादुर सिंहले बताउनुभयो ।
त्यस्तै थलारा ५ का राजेश सब्खोलीले तालिमले आफुमा गुणात्मक क्षमता बिकास भएको र अब भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्न सक्ने बताउनुभयो ।
७ दिन सम्म प्रशिक्षकको भुमिका निभाउनु भएका
लुका ईन्टर प्राईजेज ललितपुरका बिरे्द्र रोकायाले ७ दिने तालिममा गुणस्तरीय सामाग्री पहिचान गर्न, ले आउट गर्न, मसलाको प्रयोग अवधि, ढुंगाको गाह्राे,इटाको बाल, सरिया कटिङ, वालि बुन्ने तरिका र पिल्लर निर्माण लगायतका बिषयमा सहभागीलाई सीप सिकाईएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा थलारा गाउँ पालिका अध्यक्ष राम बहादुर खातिले थलारा गाउँपालिकामा दक्ष जनशक्तिको कमि रहेको धारणा राख्दै तालिममा सिकेको सीप प्रयोग गरेर रोजगार बन्न आग्रह गर्नुभयो ।
त्यस्तै प्रगतिशील युवा समाज कार्यक्रम निर्देशक लबराज जोशीले बझाङमा भुकम्पको एकदमै जोखिम रहेको बताउदै अब बन्ने संरचना भुकम्प प्रतिरोधात्मक बनाउनु पर्ने र त्यसमा तालिमका सहभागीको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।
युएमएन बझाङ कलष्टर टिम लिडर मोहन चन्द्र भण्डारीले बिपदबाट वचन पुर्वतयारी गर्नु नै तालिमको लक्ष्य रहेको भन्दै सिकेको सीप ब्यबाहारमा उतार्न र अरुलाई पनि सिकाउन अनुरोध गर्नुभयो ।

प्रगतिशील युवा समाज चैनपुर बझाङका अध्यक्ष रमेश के शी को अध्यक्षतामा भएको कार्यक्रम
प्रगतिशील युवा समाज परियोजना संयोजक छत्रराज जोशीको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा थलारा गाउँपालिका लेखा अधिकृत दिपक राज पाण्डेय, निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर ओली, युएमएन बझाङ कलष्टर टिम लिडर मोहनचन्द्र भण्डारी , प्रगतिशील युवा समाजका कार्यक्रम निर्देशक लबराज जोशी लगायत अतिथि रहनु भएको थियो ।तालिममा थलारा गाउँपालिकाका ९ वटै वडा बाट २२ जना डकर्मिको सहभागीता रहेको छ । तालिममा सहभागीलाई प्रमाणपत्र दिईएको छ ।
