गठन भएको करिब आठ वर्षपछि पहिलो पटक स्थानीय तहको वर्गीकरण गरियो बझाङका १० स्थानीय तह क बर्गमा

सेयर गरौं

गठन भएको करिब आठ वर्षपछि पहिलो पटक स्थानीय तहको वर्गीकरण गरिएको छ । सरकारले समपूरक अनुदानको प्रयोजनको लागि स्थानीय तहको वर्गीकरण गरेको हो । राष्ट्रिय योजना आयोगले तयार गरेर अर्थ मन्त्रालय मार्फत क्याबिनेट पुगेको समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ लाई मन्त्रीपरिषद्ले स्वीकृत गरिसकेको छ । सङ्घीय सरकारमार्फत वितरण हुने समपूरक अनुदानलाई प्रभावकारी बनाउन आन्तरिक राजस्व सङ्कलन सूचकाङ्क, समृद्धिको अवस्था, उद्योग धन्दाको एकाग्रता सूचक, आर्थिक सामाजिक र पूर्वाधार अवस्था सहित राजस्व परिचालन सूचकाङ्क लगायत विभिन्न सूचकलाई आधार बनाएर पालिकाको वर्गीकरण गरिएको हो । यसले स्रोतको अभावका स्थानीय तहले समपूरक अनुदानका लागि आवेदन नै गर्न नसक्ने अवस्थाको अन्त्य हुने जनाइएको छ ।

यो आधारमा स्थानीय तहहरूलाई ‘समूह क’ देखि ‘समूह छ’ सम्म गरी सात वटा भागमा वर्गीकरण गरिएको छ । जस अनुसार बझाङका १२ वटा स्थानीय तह मध्य १० वटा पालिका क वर्गमा परेका छन् भने अन्य २ वटा ख र घ बर्गमा परेका छन् । जिल्लामा क वर्गमा साइपाल गाउँपालिका, मष्टा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा गाउँपालिका, केदारस्यु गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका, तल्कोट गाउँपालिका, बित्थडचिर गाउँपालिका, दुर्गाथली गाउँपालिका परेका छन् । भने बुङगल नगरपालिका ख र जयपृथ्बी नगरपालिका घ वर्गमा परेको छ ।

‘समूह क’ मा पर्ने स्थानीय तह यी सूचकका आधारमा सबैभन्दा कमजोर मानिन्छ । त्यसभन्दा माथिल्ला वर्गमा पर्ने स्थानीय तह तुलनात्मक रूपमा बलियो मानिन्छ । ‘समूह क’मा परेका स्थानीय तहको आन्तरिक स्रोत कमजोर हुने भएकोले समपूरक अनुदान अन्तर्गत छनोट भएका आयोजनामा ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ भने ख मा पर्ने स्थानीय तहले ७० र ‘समूह घ’ अन्तर्गतका स्थानीय तहले ५० प्रतिशत अनुदान प्राप्त गर्न सक्ने छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357