थलारा गाउँपालिकाको (LISA) मा सुधार पायो ७१.२५ प्रतिशत अंक

सेयर गरौं

बझाङ्गको थलारा गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (Local Government Institutional Capacity Self-Assessment – LISA) मा सुधारगर्दै ७१.२५ प्रतिशत अंक प्राप्त गरेको छ।
आर्थिक वर्ष २०७९/०८० मा ६४ भन्दा केही अंक बढी प्राप्त गरेको थलारा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा सुधार गरेर लिजामा ७१.२५ अंक प्राप्त गरेको हो ।
यो उपलब्धिले थलारा गाउँपालिकालाई जिल्लाकै अग्रणी स्थानीय तहका रूपमा चिनाएको छ।


LISA स्थानीय तहहरूको सेवा प्रवाह, सुशासन, प्रशासनिक दक्षता र समग्र संस्थागत सुदृढीकरणको मापन गर्ने एक महत्वपूर्ण उपकरण हो। यो प्रणालीले स्थानीय तहहरूलाई आत्ममूल्याङ्कन गर्दै सुधारका उपाय पहिचान गर्न सहयोग पुर्‍याउँछ ।
थलारा गाउँपालिकाले प्राप्त गरेको उत्कृष्ट अंकले सेवा प्रवाहमा नागरिकमैत्री शासन प्रणाली अपनाएको पुष्टि गर्छ । यसले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सेवाहरूको क्षेत्रमा पालिकाको प्रतिबद्धता झल्काएको छ। जनताप्रति जवाफदेहीता र पारदर्शितामा ध्यान दिनु पनि यस सफलता प्राप्तिको मुख्य आधार भएको जनाइएको छ ।
थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्याले यो उपलब्धिलाई समग्र पालिकावासीको सफलता भएको बताउनु भएको छ। उनले भने, “हाम्रो प्रमुख प्राथमिकता सेवा प्रवाहलाई सुधार गर्दै जनताको जीवनस्तर उकास्नु हो। यो नतिजाले हामीलाई अझै राम्रो गर्न प्रेरणा दिएको छ। आगामी वर्ष जिल्लाकै सर्वोकृष्ट बन्ने प्रयास गर्नेछौं ।
LISA मूल्याङ्कन सामान्य रूपमा स्थानीय तहहरूले जनतालाई प्रदान गरिरहेको सेवा र सुशासनको स्तर मापन गर्न प्रयोग गरिन्छ । यसले स्थानीय तहलाई आफ्ना कमजोर पक्षहरूको पहिचान गर्न र सुधारात्मक कदम चाल्न सक्षम बनाउँछ। थलारा गाउँपालिकाले आत्ममूल्याङ्कनका आधारमा सेवा सुधारमा गरेको प्रयास यस उपलब्धिको आधार भएको प्रमुख प्रशासकीय अधिकृत पाध्याको भनाइ छ।
पालिका प्रशासनले आगामी दिनमा सुशासनलाई थप सुदृढ गर्दै सेवाको दायरालाई विस्तार गर्ने योजना रहेको पाध्याले बताउनुभयो । प्रशासनिक प्रक्रियालाई डिजिटल माध्यमबाट थप पारदर्शी बनाउन पहल गरिने र नागरिकको प्रत्यक्ष सहभागिता बढाइने प्रमुख प्रशासकीय अधिकृत पाध्याले बताउनु भयो । थलारा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ६४ भन्दा केही अंक बढी प्राप्त गरेको थियोे भने आर्थिक वर्ष २०८०/०८१ मा सुधार गरेर लिजामा ७१.२५ अंक प्राप्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 279