बझाङ साइपाल डट्कमका सञ्चालक सिंहमाथि अज्ञात समूहको सांघातिक आक्रमण

सेयर गरौं

बझाङ साइपाल डट्कमका सञ्चालक ललितबहादुर सिंहमाथि अज्ञात समूहले ज्यान लिने उद्देश्यले आक्रमण गरेको छ। सदरमुकाम चैनपुर बजार बाट कोठातर्फ फर्किंदै गर्दा उनीमाथि चक्कु प्रहार भएको श्रमजीवी पत्रकार संघ, बझाङले जनाएको छ। संघका अध्यक्ष भूमिराज पिठातोलीद्वारा जारी विज्ञप्तिमा यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको उल्लेख छ।
कुनै विषयमा असहमति भए कानुनी बाटो अपनाउनु पर्नेमा ज्यान लिने प्रयास गर्नु आपराधिक कार्य भएको संघले जनाएको छ। पत्रकारमाथि भौतिक आक्रमण हुँदा नागरिकमा त्रास फैलिएको भन्दै संघले दोषीलाई कडा कारबाही गर्न र स्वतन्त्र पत्रकारिता गर्ने वातावरण सुनिश्चित गर्न सरकार तथा प्रशासनसँग माग गरेको छ।

1000032001
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357