७ चैत्र २०८१, शुक्रबार

बझाङका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA)को नतिजा सार्वजनिक, पहिलो केदारस्यूँ गाउपालिका !
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धिका लागि सञ्चालन गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA)को नतिजा सार्वजनिक गरियको छ । बझाङ जिल्लाका १२ वटा स्थानीय तहको (LISA)को नतिजा सार्वजनिक भएको हो । स्थानीय तहहरूको स्वमूल्यांकनको नतिजाअनुसार, सबै भन्दा बढि केदारस्युँ गाउँपालिले ८३.५० अङक ल्यायको छ । यस्तै दोस्रोमा छबिसपाथिभेरा गाउँपालिकाले ८३.२५ तेस्रो स्थानमा मस्टा गाउँपालिकाले ८२.२५ अङक ल्यायको छ ।
यस्तै बित्थडचिर गाउपालिकाले ७६.२५ जयपृथ्वी नगरपालिकाले ७२.५०, सुर्मा गाउपालिकाले ७१.५०,थलारा गाउँपालिकाले ७१.२५,दुर्गाथली गाउँपालिकाले ७१.२५ अङक ल्यायका छन । साइपाल गाउपालिकाले ७०.२५, खप्तडछान्ना गाउँपालिकाले ६९.७५, बुंगल नगरपालिकाले ६७.२५ र तलकोट गाउपालिकाले ६८.५० अङक ल्यायको छ । यो स्वमूल्यांकनले स्थानीय तहको काम कारबाही, संस्थागत क्षमता र पारदर्शितामा सुधार ल्याउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
