७ चैत्र २०८१, शुक्रबार

थलारा गाउँपालिका वडा नम्बर ९ मा एक दिने निशुल्क पशु स्वास्थ शिविर सम्पन्न
थलारा गाउँपालिका वडा नम्बर ९ मा एक दिने निशुल्क पशु स्वास्थ शिविर सम्पन्न भएको छ । भेटनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बझाङको आयोजना थलारा गाउँपालिका पशु सेवा शाखा र वडा नम्बर ९ को सहकार्यमा शनिबार एक दिने शिविर सम्पन्न भएको हो ।
शिविरमा ६५ घरधुरीका १ हजार ८० पशुचौपाया र २१ सय कुखुराको चेकजाँच तथा औसधि उपचार गरेको छ ।

शिविरमा गाई भैसिको बाझोपनको उपचार सेवा,
पशुहरुको आन्तरिक तथा बाह्य परजीवी नियन्त्रणको उपचार सेवा, प्राबिधिक परामर्श सेवा, गोवर तथा दूध परिक्षण सेवा, पशुहरुको बन्ध्याकरण सेवा र निजी तथा सामुदायिक कुकुर बिरालोमा रेविज रोग बिरुद्धको खोप सेवा दिईएको भेटनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बझाङका प्राबिधिक कबिराज धामीले बताउनुभयो । उनका अनुसार एक दिने शिविरमा ६५ घरधुरीका १ हजार ८० पशुचौपाया र २१ सय कुखुराको उपचार गरिएको छ । शिविरमा २० वटा बोका र ८ बहरको बन्ध्याकरण गरिएको, १५ कुकुरलाई रेबिज खोप दिईएको छ भने ४ गोवर परिक्षण र १ दूध परिक्षण गरिएको पनि प्राबिधिक धामीले जानकारी दिनुभयो ।

घरघरमा पशुपालन गरिए पनि कृषकहरुले पशु चौपायाको रोग बारे समयमै उपचार गराउन नसक्दा धेरै क्षती ब्यहोर्ने गरेकाछन कृषकहरुलाई जोखिम न्यूनीकरणका लागि पशु स्वास्थय शिबिर आयोजना गरिएको हो । वडा अध्यक्ष लोकेन्द्र बिष्टले किसानको सम्पत्ति भनेकै पशुचौपाया भएकोले वडा कार्यालयबाट आफुहरुले सहजै सेवा दिनका लागि कार्यक्रमको आयोजना गरेको बताउनु भएको छ ।
भेटनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बझाङका निमित्त कार्यालय प्रमुख कबिराज कठायतको अध्यक्षतामा भएको शिविरमा वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष टेक बहादुर खड्का प्रमुख अतिथि रहनु भएको थियो ।