७ चैत्र २०८१, शुक्रबार

कर्मचारी माथी हातपात गर्ने जनप्रतिनिधि लाइ कार्वाहीको माग
नेपालका विभिन्न जिल्लामा आफु निकट कर्मचारीहरु लाइ त्यहाँका जनप्रतिनिहिरुले हातपात र अपमान गरेको घटना प्रति थलारा गाँउपालीका स्तरिय नेपाल निजामती कर्मचारी युनियनले घोर निन्दा र भत्र्सना गरेको छ । विहिवार निजामती कर्मचारी युनियन थलारा कार्य समितिले एउटा प्रेश विज्ञप्ती प्रकाशन गरेर केहीदिन अगाडी रुपन्देही, तनहुँ र जाजरकोट जिल्लामा कार्यरत कर्मचारीहरु माथी त्यहाँका जनप्रतिनिधिहरु वाट भएको घटनाको विरोध गरेको हो । फागुन ५ गते रुपन्देही जिल्ला रोहीणी गाँउपालीकामा कार्यरत शिक्षा शाखा प्रमुख मधुसुधन घिमिरे लाइ सोही गाँउपालीका वडा नम्वर २ का वडा अध्यक्ष करनहुसेन खानले हातपात र अपमान गरेका थिए । त्यसैगरी सोही दिन तनहुँ जिल्ला बन्दीपुर गाँउपालीका वडा ६ का वडासचिव नविन भुषाल लाइ सोही वडाका वडा अध्यक्ष बल बहादुर गुरुङले हातपात र दुव्यवहार गरेको थियो ।
फागुन ६ गतेका दिन जाजरकोट जिल्ला भेरी नगरपालीका वडा नम्वर १३ का वडा सचिव लाइ सोही वडाका वडा अध्यक्ष यज्ञ बरालेले अपमान र कुटपिट गरेको थियो । तिनै जिल्लामा आफु सर्मथन कर्मचारीहरु माथी भएको यो घटनाले सिंगो युनियन आवद्ध कर्मचारीको ध्यान आर्कषण भएकाले घटनामा संलग्न वडा अध्यक्षहरुको कार्वाहीको माग गरेको छ । स्थानियतहमा कर्मचारी र जनप्रतिनिधिहरु विच देखीने विवाद र असहमतीहरु छलफल र वार्ता वाट समस्याको सामाधान गर्न सकिने भएपनि वडा अध्यक्षहरु वाट भएको यो हरकद दम्बघमण्ड र अमानविय भएको विज्ञप्तीमा उल्लेख गरेको छ । कार्यस्थलमा हुने यस्ता गतिविधिहरु लाइ निरुत्साहीत गर्न र कर्मचारीहरु लाइ सुरक्षाको प्रत्याभुत गराउन नेपाल सरकार र सरोकारवाला पक्ष संग थलारा कर्मचारी युनियका अध्यक्ष बम बहादुर विष्ट र सचिव हेमन्तचन्द्रको हस्ताक्षर विज्ञप्तीमा जोडदार माग गरेको छ ।
