बझाङको साईपाल गाउँपालिका–४ मा हिमपहिरो जादा ४५ भेडा मरे २३ भेडा बेपत्ता

सेयर गरौं

बझाङको साईपाल गाउँपालिका–४ मा हिमपहिरोमा परी ४५ भेडा मरेका छन,भने २३ भेडा बेपत्ता भएका छन्।

फागुन १७ गते दिउँसाे १ बजवेकाे समयमा बजे जयपाल रोकायाका गुडपाल सामुदायिक वनको ओडारमा डेरा गरी भेडा चराउने क्रममा बरम डाँडामा हिमपहिरो गएको थियो। पहिरोमा १२५ भेडामध्ये ४५ वटा च्यापिएर मरेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।

प्रहरी टोली घटनास्थलमा पुग्दा  ४५ भेडामध्ये १९ वटा पुरिएको अवस्थामा भेटिएका थिए । ३ वटा घाइते अवस्थामा उद्दार गरिएको र २३ वटा हिमपहिरोमा पुरिएर बेपत्ता रहेको पुष्टि भएको जनाइएकाे छ। मानवीय क्षति भने नभएको र बाँकी भेडाहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर किशाेर जाेशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1399