झनाना जडार सडक खण्ड ग्राभेलिङको ९० प्रतिशत कार्य सम्पन्न

सेयर गरौं

झनाना जडार सडक खण्डको ग्राभेलिङको ९० प्रतिशत कार्य सम्पन्न भएको छ । बझाङको सदरमुकाम चैनपुर जोड्ने बैकल्पिक मार्गको  झनाना जडार सडक खण्डको ग्राभेलिङ कार्य ९० प्रतिशत सम्पन्न भएको हो ।

सोमबार थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको टिमले सडक अनुगमन गर्ने क्रममा सडक निर्माण कम्पनी दिब्य ज्योति कन्ट्रक्सनका प्राबिधिक विनय मिश्रले सडक ग्राभेलििङको ९० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिनु भयो ।सडक निर्माणकार्य अन्तिम चरणमा पुगिरहेको बेला थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम बहादुर खातीको सहितको अनुगमन टिमले सोमबार सडकको अनुगमन गरेको हो ।

1000038205

लिस्ताडा नेर बिबाद भएकोले  सडक बिभागले ट्रयाक चेन्ज गर्ने भनेर छोडिएको र जडारनेर कटिङगर्दा पुरै डाडा खस्ने भएकोले छोडिएकोसडक निर्माण कम्पनी दिब्य ज्योति कन्ट्रक्सनकासाईड ईन्चार्ज थपलियाले बताउनुभयो । लिस्ताडामा भने बाल लगाएर सडक चौडा गरिने थपलियाले बताउनुभयो ।

अनुगमनका क्रममा अध्यक्ष रोकायाले लिस्ताडा खानी र आमबगर भुवा नेर सडक मापदण्डअनुसार नभएकोले मापदण्डअनुसार बनाउन निर्माण कम्पनीलाई सुझाव दिनु भएको थियो । उक्त स्थानमा सडक मापदण्डअनुसार निर्माण भएको छैन । मापदण्डअनुसार न्युनतम  ५ मिटर चौडा हुनुपर्नेमा उक्त स्थानमा त्यति चौडा बनेको छैन ।

बझाङको सदरमुकाम चैनपुर जोड्ने मुख्य सडक जयपृथ्बी राजमार्गको वालुवाटार जालेवगर खण्डमा बारम्बार पहिरोका कारण सडक अबरुद्ध हुने भएकोले झनाना जडार सडक खण्ड बैकल्पिक मार्गका रुपमा लिएकाले यसलाई स्तरीय बनाउन आवश्यक रहेको थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीको भनाइ छ । आमबगर भुवागडा नेर पनि सडक अलि सागुरो भएकोले चौडा गर्न आवश्यक रहेको उपाध्यक्ष खातीले बताउनुभयो ।

1000038203

सडक ग्राभेलिङमा स्टक्चर भन्दा वढी कटिङको स्टमेट भएको सडक निर्माण कम्पनी दिब्य ज्योति कन्ट्रक्सनका प्राबिधिक विनय मिश्रले बताउनुभयो । मिश्रले भन्नुभयो  पहिलेनै सडक चौडा भएकोले अझै क्वान्टिटि बचेकोले भेरिएसनका लागि फाईल लिएर हाकिम सडक बिभाग जानू भएको छ । बिभागले के कार्य गर्न भन्छ त्यसै आधारमा काम अगाडि बढ्नेछ । २०७९ सालमा सुदुरपश्चिम प्रदेश सरकारको १० करोड ४६ लाख ५५ हजार ९ सय ८८ को लागतमा ११.५ कि.मि. सडक ग्राभेलका लागि टेण्डर भएको सडक खण्ड २०८१ असार मसान्तसम्म सम्पन्न गरि सक्ने सम्झौता छ । ११.५ कि.मि. सडक ग्राभेल गर्नु पर्ने भएपनि १२ कि.मि. ग्राभेल गरिएको छ ।झनाना पक्कीपुल देखि जडारी गाड ऐराडा पुल सम्म १२ कि.मि. सडक ग्राभेल भए संगै सदरमुकाम चैनपुर पुग्न बझाङ बासि सबैलाई सहज हुने भएको छ ।

1000038211
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
6
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 279