थलारा गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवन समुद्धाटन

सेयर गरौं

थलारा गाउँपालिका गाउँ कार्यपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवन समुद्धाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि नव निर्मित प्रशासकीय भवनको औपचारिक रुपमा समुदघाटन गरेको हो ।

आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको करिब २ वर्षपछि पालिकाले औपचारिक रुपमा प्रशासकिय भवनको समुद्घाटन गरेको हो ।

1000039341

थलारा गाउँयालिका अध्यक्ष प्रकाश रोकायाले कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।  शुक्रबार एक कार्यक्रमकाबीच भवनको समउदघाटन गरिएको हो । कार्यक्रम थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती निवर्तमान अध्यक्ष भुवनेश्वर उपाध्याय निवर्तमान उपाध्यक्ष गंगुदेबी खडायत बिशिस्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा विभिन्न वडाका बर्तमान तथा भुपु वडा अध्यक्ष कार्यपालिका सदस्य लगायत जनप्रतिनिधि पालिका अन्तरगतका कर्मचारी राजनीतिक दलका प्रतिनिधि जग्गादाता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

1000039340

कार्यक्रममा जग्गादाता र भुपु जनप्रतिनिधिलाई सम्मान गरिएको थियोे ।

शिक्षा शाखा सहायक रायभान ओलीले सञ्चालन गर्नु भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर ओलीले स्वागत मन्तब्य सहित भवन निर्माणको लागत बिवरण प्रश्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि नरेन्द्र बहादुर सिंह नेकपा एमाले प्रतिनिधि नन्दलाल बोहरा भुपु वडा अध्यक्ष हेम खड्का दीर्घराज जोशी वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी निवर्तमान उपाध्यक्ष गंगुदेबी खडायत  निवर्तमान  अध्यक्ष भुवनेश्वर उपाध्याय  र थलारा  गाउँपालिका  उपाध्यक्ष राम बहादुर खाती ले सुझब सहित शुभकामना मन्तब्य राख्नु भएको थियो ।

1000039349

कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रकाश रोकायाले वक्ताले दिएका सुझाव शिरोधार्य गरेर अगाडि बढ्ने बताउनु भएको थियो । थलारा गाउँपालिकाको नवनिर्मित भवनमा २४ वटा कोठा,१६ शौचालय १ सभाहल रहेकाछन । ५ करोड ४८ लाख ११ हजारबढीको लागतमा भवन निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 279