थलारा गाउँपालिकामा ५ दिन बालमैत्री बिधालय क्रियाकलापमा आधारित सिकाई स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकामा ५ दिन बालमैत्री बिधालय क्रियाकलापमा आधारित सिकाई स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ

प्रगतिशील युवा समाजको  आयोजनामा फागुन १९ गतेदेखि सुरु भएको कार्यशाला शुक्रबार सम्पन्न भएको हो ।

प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लबराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि, उपाध्यक्ष राम बहादुर खाती शिक्षा शाखा सहायक रायभान ओली बिशिस्ट अतिथि  रहनु भएको थियो

1000039145

थलारा गाउँपालिकाको शैक्षिक सुधाारका  लागि कार्यशालाको आयोजना गरिएको प्रगतिशील युवासमाज सिकाई परियोजना संयोजक  राजेन्द्र खड्काले बताउनु भयो ।

कार्यशालााको समापन समारोहमा बोल्दै अध्यक्ष प्रकाश रोकायाले तालिमले सहभागी शिक्षकमा नयाँ उर्जा थपेको भन्दै तालिम बाट सिकेका कुरा बिधालयमा लागू गर्न  सुझाव दिनु भयो ।

1000039146

कार्यक्रमको समापन गर्दै प्रगतिशील युवासमाजका कार्यकारी निर्देशक लबराज जोशीले थलारा गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि प्रगतिशील युवा समाजले ४ वर्षको अबधिमा ४ करोड खर्च गरे पनि सोचेजस्तो सुधार हुन नसकेको बताउनुभयो । कक्षा कोठा रङगिचङगि गरेेर मात्र शैक्षिक गुणस्तरमा सुधार नहुने भन्दै जोशीले तालिममा प्राप्त भएको ज्ञान सीप कक्षाकोठामा प्रयोग गर्न आग्रह गर्नु भयो ।

1000039172

५ दिने कार्यशालामा थलारा गाउँपालिका १५ महिला १०  परुष  गरि २५ जना शिक्षकको सहभागिता रहेको थियो । उनिहरुलाई प्रमाणपत्र दिईएको छ ।

सहभागीलाई प्रशिक्षक शान्ति पुनमगर र रश्मि पौडेलले प्रशिक्षण दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 279