थलारा गाउँपालिका स्तरीय बार्षिक परीक्षा आज देखि सुरु

सेयर गरौं

थलारा गाउँपालिका स्तरीय बार्षिक परीक्षा आज देखि सुरु भएको छ । थलाराका कक्षा ४ देखि ९ सम्मका २३ सय १६ परिक्षार्थीले आज देखि वार्षिक परीक्षा दिई रहेकाछन  ।

परिक्षाको सुपरिवेक्षणका लागि पालिकाबाटै कर्मचारी खटिईएकाछन । परीक्षा मर्यादित बनाउन २० जना सम्म बिधार्थीका लागि एउटा गार्ड राखिएको छ ।  गार्डमा ईसिडि शिक्षक र प्रा बि तहका शिक्षक लाई राखिएको छ । कुनै बिधालयमा त्यस्तो शिक्षक नभए बिषय नमिल्ने शिक्षकलाई गार्ड राख्ने निर्णय भएको थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले बताउनु भयो ।

1000039957

थलारा गाउँपालिकाका ४२ वटै बिधालयमा आज बिहान ८ बजे देखि परीक्षा सञ्चालन गरिएको पालिकाले जनाएको छ । यो वर्ष थलारा गाउँपालिकाले कक्षा ८ को परीक्षा केन्द्र सम्बन्धित बिधालयमा तोकेको छ । गत बर्ष  ८ वटा परीक्षा केन्द्र बाट कक्षा ८ को पालिका स्तरीय परीक्षा  लिएको थियो । यो वर्ष गाउँपालिका १५ बिधालयका ५ सय १७ जना बिधार्थीले कक्षा ८ को परीक्षा दिई रहेको थलारा गाउँपालिका शिक्षा संयोजक हर्कबहादुर रोकायाले बताउनु भयो । पालिकाले कक्षा ४ देखि ९ सम्मको पालिका स्तरीय परिक्षाका लागि प्रश्न पत्र र उत्तर पुस्तिका  पालिकाबाटै पठाएको छ ।

गुणस्तरीय शिक्षा र शिक्षाको गुणस्तर मापनका लागि बिगत वर्ष झै यस वर्ष पनि पालिका स्तरीय परीक्षा सञ्चालन  भै रहेको र यसले पालिकाको शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण भुमिका खेल्ने उपाध्यक्ष राम बहादुर खातीले बताउनु भयो ।

1000039960

आज पहिलो दिन अंग्रेजी बिषयको परीक्षा लिईएको छ । परीक्षा मर्यादित रुपमा सम्पन्न भएको शिक्षा सहायक रायभान ओलीले बताउनु भयो ।

थलारा गाउँपालिकाले गत वर्ष कक्षा ८ को मात्रै पालिका स्तरीय परीक्षा सञ्चालन गरेको थियोे । यो वर्ष भने कक्षा ४ देखि ९ सम्मको पालिका स्तरीय परीक्षा लिएको छ । कक्षा ८ को उत्तर पुस्तिका पालिकामा चेक गरिने छ भने अन्य कक्षाका उत्तर पुस्तिका भने सम्बन्धित बिधालयमै चेकिङ गरिनेछन ।

1000039959
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 279