११ बैशाख २०८२, बिहीबार

बझाङमा जिप दुर्घटना चालक घाइते
बझाङको खप्तडछान्ना गाउँपालिका १ खैराडी स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना भएको छ।
आज (शुक्रबार) बिहान ७ बजेको समयमा खैराडीबाट तमेलतर्फ आउँदै गरेको ०२००१ ज ०५७३ नम्बरको जिप, २१ बर्षिय लोकेन्द्र बहादुर थापा ले चलाएको जिप दुर्घटना भएको हो । उक्त जिप एक्कासी ब्रेक फेल भई सडकबाट १० मिटर तल खस्दा चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठकुन्नाले जानकारी दिनुभयो । जिप चालक जयपृथ्वीनगर नगरपालिका ७ सुबेडा रहेको बताएको छ । चालक थापाको दाहिने खुट्टामा र शरीरमा सामान्य चोट लागेको प्रहरीले जानकारी दिनुभयो । उक्त जिपमा चालक मात्रै रहेको बताएको छ । घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1