११ बैशाख २०८२, बिहीबार

बझाङमा १३ बर्षीया बालिकालाई बलात्कार गरेको भन्दैं पक्राउ परे ६० बर्षीय बृद्ध !
बझाङमा १६ बर्षीय बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा ६० बर्षिया बृद्ध पक्राउ परेका छन् । जिल्लाको थलारा गाउँपालिका–४ कि १६ बर्षिय बालिकालाई जबरजस्ति करणी गरेको भन्दैं वडा नम्बर–४ का ६० बर्षिया बृद्ध गम्भिरे सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बालिका आफ्नै खेतबारीमा घाँस काटिरहेको बेला बृद्ध सार्कीले जबरजस्ति करणी गरेको आरोपमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठकुन्नाका अनुसार सार्कीले कर्तिक महिनामा जबजस्ति करणी गरेको र फागुन ८ गते दिएको जाहेरीका अनुसार पक्राउ गरेको जनाइएको छ ।
पिडक र पीडीत दुबै पक्षको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1