थलारा गाउँपालिकामा प्रारम्भिक तह सिकाई कार्यक्रम बिधालय ब्यबस्थापन, परामर्श र शुसासनको लागि प्रधानाध्यापक लाई ३ दिने तालिम सुरु

सेयर गरौं

थलारा गाउँपालिकामा एकीकृत दिवा खाजा कार्यक्रम अन्तरगत प्रारम्भिक तह सिकाई कार्यक्रम
बिधालय ब्यबस्थापन, परामर्श र शुसासनको लागि प्रधानाध्यापक लाई ३ दिने तालिम सुरु भएको छ ।
विश्वखाध्य र बिश्व शिक्षाको सहयोग साईपाल बिकास समाजको सामाजिक परिचालन र थलारा गाउँपालिका शिक्षा शाखाको समन्वयमा आयोजनामा ३ दिने तालिम आजवाट सुरु भएको हो ।


बिध्यालय हाता भित्र गरिने क्रियाकलाप लाई ब्यबस्थित बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बिश्व शिक्षा बझाङ जिल्ला अधिकृत पदम सिंह धामीले जानकारी दिनुभयो ।
थलारा गाउँपालिका शिक्षा शाखा संयोजक हर्क बहादुर रोकायाको अध्यक्षता भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि रहनु भएको थियो ।

1000042598


तालिमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष रोकायाले आफू निर्वाचित भएर आएपछि कृषि र शिक्षालाई बढी जोड दिएको बताउनुभयो ।
हामीले जे गर्न खोजी रहेकाछौ सवै गाउँपालिकाको शैक्षिक सुधारका लागि हो भन्दै अध्यक्ष रोकायाले गाउँपालिकाले बढी हस्तक्षेप गरेको अनुभव नगर्न सहभागीलाई अनुरोध गर्नु भयो ।
प्रतिषोधले नराम्रो प्रतिफल दिने भन्दै प्रतिशोध साध्न नहुने बताउदै संस्थालाई जिवन्त राख्न पालिकाले केही पहल चालेको बताउनुभयो । साथै नदेखिने चिजले पनि पठनपाठनमा बाधा पुर्‍याएको हुन्छ त्यस तर्फ पनि ध्यान दिन आग्रह गर्दै तालिममा भरपुर विधि प्रयोग गर्न र तालिम प्रभाबकारी बनाउन अनुरोध गर्नु भयो ।

1000042604


कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्याले थलारा गाउँ पालिकाका शैक्षिक संस्थाहरुमा ७५ प्रतिशत शैक्षिक सामाग्रीको प्रयोग भएर पठनपाठन हुने गरेको डाटा राम्रो भए पनि केही सुचकमा कम्जोरी देखिएकाले सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले दिवा खाजा स्वास्थ्य संग जोडिएको बताउदै केही सुचकमा पछाडि छ भन्नुभयो ।
कार्यक्रमको समापन गर्दै शिक्षा संयोजक हर्क बहादुर रोकायाले हाम्र बिधालय सुक्दै गएकाछन, किन बिधालय खाली हुदैछन ? यता सुकेपनि कुनै ठाउँमा मौलाएको छ किन त्यस्तो भएको छ? हामीले त्यसको समीक्षा गर्न जरुरी छ भन्दै तालिमले नयाँ शैक्षिकसत्रमा नयाँ गति दिन मद्दत गर्ने बताउनुभयो । परामर्श कार्यबिधि २०८१मा रहेर बिधालयमा कक्षा कोठा भित्र गरिने पठन पाठन कसरी प्रभावकारी बनाउने , शिक्षकको पेशागत क्षमता बिकास कसरी गर्ने ,प्रारम्भिक शिक्षाको सुधार र श्रोतको परिचालन कसरी प्रयोग गर्ने लगायतका बिषयमा तालिममा जानकारी गराईने बिश्व शिक्षा बझाङ जिल्ला अधिकृत पदम सिंह धामीले बताउनुभयो ।

1000042601

थलारा गाउँपालिकाबाट तालिमको सुरुवात गरेपनि जिल्लाका ४४९ वटै बिधालयका १२५८ शिक्षकलाई यस्तो तालिम दिईने जिल्ला अधिकृत धामीले बताउनुभयो ।
थलारा गाउँपालिका शिक्षा शाखा प्राबिधिक सहायक जानुका खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा शिक्षा सहायक रायभान ओली लगायत अतिथि रहनु भएको थियो । तालिममा थलारा गाउँपालिकाका ४४ वटै सामुदायिक बिधालयका प्रधानाध्यापक हरुको सहभागिता रहेको छ । एकीकृत दिवा खाजा कार्यक्रम अन्तरगत प्रारम्भिक तह सिकाईका लागि बिधालयमा २६ किसिमको शैक्षिक सामग्री समेत सहयोग गरेको छ ।

1000042595
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 295