थलारा गाउँपालिकामा मानसिक स्वास्थ्य समस्या भएका ब्यक्ति हरुका लागि वकालत पैरवी तथा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकामा मानसिक स्वास्थ्य समस्या भएका ब्यक्ति हरुका लागि वकालत पैरवी तथा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
दलित सहयोग समाज मानसिक परियोजनाको आयोजनामा कार्यक्रम भएको हो । परियोजनाको २०२५ मा गरिने कार्यक्रमको जानकारी गराउने र पालिकामा रहेका मानसिक समस्या भएका सेवा ग्राहीलाई कसरी सेवा निरन्तरता दिन सकिन्छ भन्ने बारेमा छलफल तथा मानसिक स्वास्थ्य फोकल पर्सन छनशौट र मानसिक स्वास्थ्य समस्या स्वास्थ्य नीति पास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दलित सहयोग समाज मानसिक स्वास्थ परियोजना कार्यक्रम संयाेजक बिस्ना बमले बताउनुभयो ।

1000042838


दलित सहयोग समाजका सल्लाहकार सदस्य वसन्त नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या, ९ वटै वडाका अध्यक्ष अतिथि रहनु भएको थियो ।
कार्यक्रममा पालिका अन्तरगतका शाखा प्रमुख, मानसिक समस्या भएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पदमबहादुर ओलीले मनोसामजिक मनोबिज्ञान, मानसिक समस्या, मानसिक समस्या भएको कसरी थाहापाउने,मनोसामाजिक समस्याका कारणहरु,मानसिक स्वास्थ्यको वर्तमान अवस्था
लगायतका बारेमा जानकारी गराउनु भएको थियो दलित सहयोग समाज थलारा सहजकर्ता
पूर्ण नेपालीले सञ्चालन गर्नु भएको कार्यक्रममा कार्यक्रम संयोजक बिस्ना बमले परियोजनाको २०२५ को कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

1000042833

कर्यक्रममा पालिकामा रहेका मानसिक समस्या भएका सेवा ग्राहीलाई कसरी सेवा निरन्तरता दिन सकिन्छ भन्ने बारेमा छलफल तथा मानसिक स्वास्थ्य फोकल पर्सन छनशौट र मानसिक स्वास्थ्य समस्या स्वास्थ्य नीति पास गर्ने वारेमा पनि छलफल गरिएको थियो ।
थलारा गाउँपालिकामा ४ सय ५४ मानसिक समस्या भएका बिरामी दर्ता भएकाछन । जसमा १ सय ८९ औषधि छोेडेका ६ सम्पर्कमा नआएका ७२ पुरुष र ८८ महिला गरि १ सय ५८ जनाले अहिले औषधि खाई रहेका स्वास्थ्य शाखा संयोजक ओलीले जानकारी दिनुभयो ।
९ वटै वडामा कार्यक्रम सञ्चालन छ परियोजनाले अन्य क्रियाकलाप गर्ने रऔषधी गाउँपालिकाले खरिद गर्ने गरेको पनि स्वास्थ शाखा प्रमुख ओलीले जानकारी दिनुभयो ।

1000042841
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 295