थलारामा एकीकृत दिवा खाजा कार्यक्रम अन्तरगत प्रारम्भिक तह सिकाई कार्यक्रम बिधालय ब्यबस्थापन, परामर्श र शुसासनको लागि प्रधानाध्यापक लाई ३ दिने तालिम सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकामा एकीकृत दिवा खाजा कार्यक्रम अन्तरगत प्रारम्भिक तह सिकाई कार्यक्रम
बिधालय ब्यबस्थापन, परामर्श र शुसासनको लागि प्रधानाध्यापक लाई ३ दिने तालिम सम्पन्न भएको छ ।
विश्वखाध्य र बिश्व शिक्षाको सहयोग साईपाल बिकास समाजको सामाजिक परिचालन र थलारा गाउँपालिका शिक्षा शाखाको समन्वयमा सोमबारदेखि सुरु भएको ३ दिने तालिम आज सम्पन्न भएको हो ।
बिध्यालय हाता भित्र गरिने क्रियाकलाप लाई ब्यबस्थित बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बिश्व शिक्षा बझाङ जिल्ला अधिकृत पदम सिंह धामीले जानकारी दिनुभयो ।
थलारा गाउँपालिका शिक्षा शाखा संयोजक हर्क बहादुर रोकायाको अध्यक्षता भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि रहनु भएको थियो ।
तालिमको समापन समारोहमा बोल्दै अध्यक्ष रोकायाले तालिमले नयाँ शैक्षिकसत्रमा महत्त्वपूर्ण भुमिका खेल्नेछ भन्दै तालिममा सिकेका कुरा ब्यबहरमा लागू गर्न र अरुलाई सेयर गर्न सहभागीलाई अनुरोध गर्नु भयो ।

1000043322


कार्यक्रममा मन्तब्य दिदै एकीकृत बिकास समाजका शिवराज बुढाले तालिम एकदमै फलदायी भएकोले सिकेका कुरा बिधालयको शैक्षिक सुधारमा प्रयोग गर्न आग्रह गर्दै प्रारम्भिक तह सिकाई कार्यक्रमबाट गर्नु पर्ने सहयोग गरिने बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै शिक्षा संयोजक हर्क बहादुर रोकायाले तालिमले शैक्षिकसत्रमा नयाँ गति दिन मद्दत गर्ने भन्दै तालिममा सिकेका कुरा ब्यबहरमा उतार्न र बिधालयमा सुशासन ल्याउ सहभागीलाई अनुरोध गर्नु भयो ।
परामर्श कार्यबिधि २०८१मा रहेर बिधालयमा कक्षा कोठा भित्र गरिने पठन पाठन कसरी प्रभावकारी बनाउने , शिक्षकको पेशागत क्षमता बिकास कसरी गर्ने ,प्रारम्भिक शिक्षाको सुधार र श्रोतको परिचालन कसरी प्रयोग गर्ने लगायतका बिषयमा तालिममा जानकारी गराईएको बिश्व शिक्षा बझाङ जिल्ला अधिकृत पदम सिंह धामीले बताउनुभयो ।
थलारा गाउँपालिकाबाट तालिमको सुरुवात गरेपनि जिल्लाका ४४९ वटै बिधालयका १२५८ शिक्षकलाई यस्तो तालिम दिईने जिल्ला अधिकृत धामीले बताउनुभयो ।

1000043323


थलारा गाउँपालिका शिक्षा शाखा प्राबिधिक सहायक जानुका खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा शिक्षा सहायक रायभान ओली शिक्षक महासंघका मदन राज शर्माले मन्तब्य दिनु भएको थियो । तालिममा थलारा गाउँपालिकाका ४४ वटै सामुदायिक बिधालयका प्रधानाध्यापक हरुको सहभागिता रहेको थियोे । एकीकृत दिवा खाजा कार्यक्रम अन्तरगत प्रारम्भिक तह सिकाईका लागि बिधालयमा २६ किसिमको शैक्षिक सामग्री समेत सहयोग गरेको छ । तालिमा थलारा गाउँपालिका शिक्षा संयोजक हर्क बहादुर रोकाया, विश्व शिक्षाका बुद्धिबल थापा मगर ,पदम सिंह धामी र साईपाल बिकास समाजका शिवराज बुुढाले प्रशिक्षण दिनु भएको थियोे ।

1000043321
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 295