११ बैशाख २०८२, बिहीबार

बझाङमा आगलागी नियन्त्रण गर्ने क्रममा एक पुरुष गम्भीर घाइते, धनगढी रेफर
बझाङ जिल्लाको थलारा गाउँपालिका-६ मा आगलागी नियन्त्रण गर्ने क्रममा एक पुरुष गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ५६ वर्षीय श्याम भट्टराई रहेका छन् । उनको दुई हात र दाहिने खुट्टामा जलेर घाइते भएका हुन् ।
स्थानीय धर्म भट्टराईले आफ्नो घर नजिक खरको मेलोमा आगो लगाउने क्रममा उक्त आगो फैलिँदै जामकोट सामुदायिक वनमा सल्किएको थियो । आगलागी नियन्त्रणको प्रयास गर्दा भट्टराईको शरीरमा आगो सल्केको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घाइते भट्टराईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल बझाङतर्फ लग्न खोजेका थिए । तर, जिल्लामा उनको उपचार सम्भव नदेखिएपछी थप उपचारका लागि धनगढीतर्फ लगिएको आफन्तहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1