तीनकुनेमा तोडफोड र फोहोर गरेकोमा काठमाडौं महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना

सेयर गरौं

काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोलगायत विभिन्न शीर्षकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ।

ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले ८ वटा बेग्लाबेल्लै पत्र काटेर कुल ७ लाख ९३ हजार जरिवाना तोकेका हुन्।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। बिहीबार प्रसाईंले निर्मल निवास पुगेर पूर्वराजालाई भेटेका थिए। त्यसलगत्तै उनलाई राजसंस्था पुनर्स्थापनाका लागि भन्दै कमाण्डर तोकिएको थियो।

राजावादी प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न पटक-पटक प्रयास गरेका थिए। पछि प्रसाईंले प्रहरीलाई पेलेर गाडी चलाउँदै प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गरेका थिए।

1000043566
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1365