थलारा गाउँपालिका आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षाको नतिजा प्रकासित २१ प्रतिशत बिधार्थी उत्तीर्ण

सेयर गरौं

थलारा गाउँपालिका आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षाको नतिजा आज प्रकासित भएको छ । परिक्षामा २१ प्रतिशत बिधार्थी उतिर्ण भएकाछन । गतवर्ष ११ प्रतिशत बिधार्थी मात्रै उतिर्ण भएकोमा यो वर्षको नतिजामा केही सुधार आएपनि सन्तोषजनक भने देखिएको छैन । पालिका भित्रका १५ बिधालयका ४ सय ८८ बिधार्थीले परीक्षा दिएकोमा जम्मा १ सय ६ जना मात्रै ग्रेड भएकाछन । २ सय ५३ जना बिधार्थीले पुरक परीक्षा दिन पाउनेछन् ।

परिक्षामा सवै भन्दाबढी खापरदे आ बि बगाडाका १६ जना पास भएकाछन दोस्रोमा थलारा मा बि रहेको छ थलारा मा बि वाट१४ जना उत्तीर्ण भएकाछन भने तस्रोमा भगवती आ बि गोठिगाउँवाट १३ जना बिधार्थी उत्तीर्ण भएकाछन । चक्रेश्वर मा बि मालुमेला र भवानी आ बि फकालीवाट समान १०/१० जना उत्तीर्ण भएकाछन । त्यस्तै शान्ति मा बि पाराकाट्ने का ८ ,पुर्णचन्द्रोदय मा बि कुलाकाट्न बाट ७ , करबीर आ बि कफलकाडाका ६, कालिका आ बि दिपिलका ५ जना बिधार्थी उत्तीर्ण भएकाछन । शारदा मा बि दंगाजी,त्रिभुवन मा बि महेन्द्रधार, दुर्गाभवानी सड्तोल र शैलेश्वरी आ बि देवस्थली वाट समान ३/३ जना उत्तीर्ण भएकाछन भने भवानी मा बि माडौकाट्ने र लक्ष्मी मा बि मोतीपुरबाट सवै भन्दा कम २/२ जना उत्तीर्ण भएकाछन ।

गत वर्षको भन्दा यो वर्ष केहि शैक्षिक सुधार भएको छ तर त्यति सन्तोषजनक नतिजा भने प्राप्त नभएको थलारा गाउँपालिका शिक्षा शाखा संयोजक हर्कबहादुर रोकायाले बताउनुभयो । गत वर्ष पालिका स्तरीय कक्षा ८ को परिक्षामा जम्मा ११ प्रतिशत बिधार्थी मात्रै पास भएकोमा यो वर्ष २१ प्रतिशत बिधार्थी उत्तीर्ण हुनु प्रगति नै हो ,रोकायाले भन्नुभयो मा .बि. बिधालय भन्दा निम्नमाध्यमिक बिधालयले शैक्षिक गुणस्तर सुधार गरेको देखियो । मा बि बिधालयले अझै सुधार गर्नूपर्ने देखाएको छ।

थलारा गाउँपालिका आधारभूत तह कक्षा ८ को नतिजामा आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेमा नतिजा प्रकाशित भएको मितिले ७ दिन भित्र बिधालय मार्फत पुनर्योगको लागि निबेदन दिन सक्ने पालिकाले जनाएको छ ।

गत बर्ष २ बिषय सम्म अनुत्तीर्ण बिधार्थीलाई ग्रेडबृद्वि परिक्षामा सहभागी गराईएकोमा यो वर्ष भने ३ बिषय सम्म अनुत्तीर्ण बिधार्थीले ग्रेड बृद्वि परीक्षा दिन पाउने ब्यबस्था गरिएको छ । ग्रेडबृद्वि परीक्षा २०८२ बैसाख १६ गतेदेखि सुरु हुने पालिकाले जनाएको छ ।

1000043756
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 295