११ बैशाख २०८२, बिहीबार

थलारा गाउँपालिका वडा नम्बर ९ ले नयाँ वर्षको अवसरमा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने
थलारा गाउँपालिका वडा नम्बर ९ ले नयाँ वर्षको अवसरमा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । वडाले २०८२ बैसाख २ गतेदेखि ५ गतेसम्म बझाङ जिल्ला खुला परुष वडा स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता बिबिध सास्कृतिक कार्यक्रम तथा विभिन्न श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको हो ।
वडाले आज सुचना जारी गर्दै उक्त प्रतियोगितामा सहभागी हुन बझाङ जिल्लाका सवै वडालाई सहभागी हुन अनुरोध गरेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ४९ हजार ९ सय ९९ ट्रफि मेडल प्रमाणपत्र द्वितीय पुरस्कार ७४ हजार ९ सय ९९ ट्रफि मेडल प्रमाणपत्र तृतीय पुरस्कार ३५ हजार ९ सय ९९ ट्रफि मेडल प्रमाणपत्र राखेको छ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डर लाई जनहि क्रमश २ हजार र १/१ हजार दिईने ब्यवस्था गरिएको छ ।
टिम दर्ता मिति २०८२ वैशाख १ गते बेलुकी ४ बजे सम्म वडा कार्यालय मालुमेला तोकिएको छ भने टिम दर्ता शुल्क ९ हजार राखिएको छ । टिम दर्ता गर्न नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र वडाको सिफारिस अनिवार्य गरिएको छ । खेल चक्रेश्वर मा बि को प्राङ्गणमा खेलाईने सुचनामा उल्लेख छ ।
खेल FIVB र नकआउटको नियम अनुसार खेलाईने टिममा सम्बन्धि वडाको खेलाडी मात्र हुनुपर्ने पोषाक अनिवार्य हुनु पर्ने टिममा ९ जना खेलाडी १ जना प्रशिक्षक र १ जना ब्यबस्थापक गरि ११ जना हुनुपर्ने र खान बस्नको ब्यबस्था खेलाडी स्वयंले गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।
थप जानकारीका लागि भलिबल संयोजक लाल बहादुर खड्का ९८४७१४४५७७,वडा सचिव ज्ञान बहादुर बिष्ट ९८६४३१३१६६ र जनक बहादुर खड्का ९८६४३२६२०१ लाई सम्पर्क गर्न सकिने पनि सुचनामा उल्लेख गरिएको छ।

।