आन्तरिक पर्यटकको रोजाइमा थलारा ८ को छडिभेल झर्ना

सेयर गरौं

बझाडको थलारा गाउँपालिका-८ बिस्खेतस्थित छडिभेल झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ।

छडिभवानी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको छडिभेल झरना क्षेत्रमा बझाङका विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटकहरु झरनामा नुहाउने, तस्बिर खिच्ने, भिडियो छायांकन गर्ने र वनभोज खाएर रमाउने गरेका छन्। 

गर्मीयाममा थलारा,केदारस्यु, दुर्गाथली लगायतका पालिकाबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय यज्ञराज जोशीले बताए। झरना क्षेत्रमा प्रवेश गर्ने आन्तरिक पर्यटक प्रवेश नाकामा पशल गर्दै आएका जोशीले गर्मीयाममा दैनिक १०/२० जना घुम्न पुग्ने गरेको जानकारी दिए।

1000005229

गर्मीयाममा प्राकृतिक रुपमा बगिरहेको झरनाको सितलतामा रमाउने र पिक्निक खान यहाँ आउने गरेको थलारा-८ घट्टेखेत निवासी लक्ष्मीराज जोशीले बताए। पछिल्लो पटक टाढाबाट समेत मानिसहरु जिप, र मोटरसाइकलमा आएर दिनभर रमाउने गरेको उनको भनाइ छ।

थलारा गाउँपालिकाको सक्रियतामा भएको सामान्य पूर्वाधार विकाससँगै खानेपानीको धारा, मन्दिर, प्रतिक्षालय,भिउटावर र वनभोज गर्न मिल्ने सामान्य संरचना निर्माण भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको स्थानीय अम्मर राज जोशीले बताए।

जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको थलारा गाउँपालिका वडा नम्बर ८ काअध्यक्ष टिकाराज जोशीले उल्लेख गरे। ‘बजेट अभावमा पूर्वाधार विकास गर्न सकिएको छैन, तर पनि पछिल्लो समय घुम्न आउने पर्यटकको संख्या बढ्दो छ’, उनले भने, ‘शनिबार र सार्वजनिक बिदाको दिन यहाँ आउने पर्यटकको संख्या बढी हुने गर्दछ।’

1000043769

छडिभेल झरना क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिका र प्रदेश सरकारले बजेट विनियोजन गरेको उनको भनाइ छ। झरना सम्म पुग्न सडक र अन्य पुर्वाधार निर्माण गर्न टेण्डर भएको वडा अध्यक्ष जोशीले जानकारी दिए।

सदरमुकाम चैनपुरबाट करिब २५ किलोमिटर पश्चिममा छडेगाडमा अवस्थित छडिभेल झरना क्षेत्र पुग्न थलारा ८ डाडिखेत बेलमाटे सम्म झनाना खप्तड र खुटिया दिपायल चैनपुर उरैभन्ज्याङ राजमार्ग रहेको छ। डाडिखेत बेलमाटे चोकदेखि करिब २ किलोमिटरको पाईदल मार्ग पार गरेपछि सजिलै यहाँ पुग्न सकिन्छ। गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाले छडिभेल झरना क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए।

छडिभेल झरना क्षेत्र प्राकृतिक सौन्दर्यताका साथै
धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । यश झरनामा संख्यश शिवको बास रहेको स्कन्द पुराणको मानस खण्डमा उल्लेख छ । स्थानीय हरुले यहाँ बर्तबन्ध जस्ता धार्मिक कार्य गर्ने गरेकाछन । बिशेष गरेर महाशिवरात्रीमा भक्तजनहरु भगवान शिवको पुजा गर्न त्यहाँ पुग्ने गरेको वडा नम्बर ८ का वडा सदस्य ईश्वर राज जोशीले बताउनुभयो ।

1000043770
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 295