११ बैशाख २०८२, बिहीबार

क्षयरोगका बिरामी खोज्दै थलारा गाउँपालिका
हो हामी क्षयरोग अन्त्य गर्छौ भन्ने नारा सहित थलारा गाउँपालिकामा ए-आई.एक्सरे द्वारा छातिरोग सम्बन्धि निशुल्क खोजपड्ताल कार्यक्रम सञ्चालन गरिएको छ । क्षयरोग उन्मूलन अभियानलाई तीव्र बनाउन थलारा गाउँपालिकाले ए.आई.एक्सरे प्रविधिको सहायताले रोगको प्रारम्भिक अवस्था पहिचान गरी समयमै उपचार थाल्ने उद्देश्यसहित यो कदम चालेको हो।
गाउँपालिकाको स्वास्थ्य शाखाले स्थानीय स्वास्थ्य संस्थाहरूसँग समन्वय गर्दै ए.आई.प्रविधिद्वारा संकास्पद विरामीहरूको डिजिटल एक्सरे रिपोर्टको विश्लेषण गरिरहेको छ। यस प्रविधिबाट क्षयरोगको सम्भावना देखिएमा तत्काल थप परीक्षण र औषधोपचारको व्यवस्था गरिन्छ।

स्वास्थ्य निर्देशनालय डोटी, स्वास्थ कार्यालय बझाङको समन्वयमा र थलारा गाउँपालिका स्वास्थ शाखाको आयोजनामा निशुल्क खोजपडताल कार्यक्रम सञ्चालन भएको हो ।
थलारा गाउँपालिका स्वास्थ शाखा प्रमुख पदम बहादुर ओलीले भन्नुभयो, “हामीले प्रविधिको प्रयोगमार्फत क्षयरोगको प्रारम्भिक पहिचानलाई सहज बनाउँदैछौं। यसबाट क्षयरोग रोगीको संख्या पत्ता लगाउने र समुदायलाई स्वस्थ राख्ने हाम्रो लक्ष्य छ।”
स्थानीय बासिन्दाहरूले पनि यो अभियानको स्वागत गरेका छन्। उनीहरूका अनुसार यस प्रविधिबाट छिटो नतिजा आउने भएकाले समयमै उपचार थाल्न सहज भएको छ
थलारा गाउँपालिका स्वास्थ शाखले चैत २६ गतेदेखि निशुल्क खोजपडताल शिविर सुरु गरेको हो । चैत २६ गते वडा नम्बर २ स्थित दंगाजी स्वास्थ चौकीमा १४७ , वडा नम्बर ४ महेन्द्रधार प्रारम्भिक स्वास्थ केन्द्रमा ६१, चैत २७ गते वडा नम्बर ३ को पाराकाट्ने स्वास्थ चौकीमा १७१ र थलारा गाउँपालिका भवनमा सञ्चालन गरेको खोजपडताल कार्यक्रमा १५३ जना गरि जम्मा ५३४ जनाले सेवा लिएकाछन ।ती मध्ये २७ जना संकास्पद भटिएको स्वास्थ शाखा प्रमुख ओलिले बताउनु भयो ।

चैत २८ गते वडा नम्बर ७ स्थित कोईरालाकोट स्वास्थ चौकी र २९ गते वडा नम्बर ९ को मालुमेला र वडा नम्बर १ को मोतिपुर आधारभूत स्वास्थ केन्द्रमा खोजपडताल कार्यक्रम गरिनेछ ।
यस कार्यले नेपाल सरकारको सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्यमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
खोजपडताल कार्यक्रम डाक्टर दिल बहादुर गुरुधामी, रेडियोग्राफर निरिक्षक बिरेन्द्र चन्द,रेडियो ग्राफर सन्तोष क्षेत्री लगायत थलारा गाउँपालिका स्वास्थ शाखाका कर्मचारी सहितको टिममा सञ्चालन भैरहेको छ
