३ जेष्ठ २०८२, शुक्रबार

थलारामा स्थानीय उत्पादनमा आधारित षोषणयुक्त बिधालय दिवाखाजा प्रारुप २०८१ सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
थलारा गाउँपालिकामा स्थानीय उत्पादनमा आधारित षोषणयुक्त बिधालय दिवाखाजा प्रारुप २०८१ सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
WFP मर्सिकोर नेपाल र MPDS को आर्थिक सहयोग तथा थलारा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका स्तरीय दिवा खाजा ब्यबस्थापन समिति र कार्यपालिका सदस्यहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

थलारा गाउँपालिका स्तरीय दिवाखाजा ब्यबस्थापन समिति अध्यक्ष तथा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा स्थानीय स्तरमा दिवाखाजा ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा छलफल भएको थियो । स्थानीय उत्पादनमा आधारित दिवा खाजा ब्यबस्थापन कार्यबिधिमा छलफलगरि दिवाखाजा ब्यबस्थापन समिति र कार्यपालिका सदस्य लाई अनुमोदका लागि पेशगरिएको एमपिपिडिएसका फिल्ड प्राबिधिक सहायक धनसेर बहादुर कडायतले बताउनुभयो ।

कार्यक्रममा शिक्षा सहायक रायभान ओलीले स्वागत सहित कार्यक्रमको उद्देश्य प्रस्तुत गर्नु भएको थियो । साथै दिवाखाजा प्रभाकारी बनाउनका लागि आवश्यक छलफल गरिएको थियोे ।