३ जेष्ठ २०८२, शुक्रबार

थलारा गाउँपालिकाले गर्यो पालिकाभित्र क्रियाशील गैरसरकारी संघसंस्थासँग समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन प्रगतिसमिक्षा तथा पूर्व जबेट छलफल कार्यक्रम
थलारा गाउँपालिकाले पालिकाभित्र क्रियाशील गैरसरकारी संघसंस्थासँग समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रगतिसमिक्षा तथा पूर्व जबेट छलफल कार्यक्रम सम्पन गरेको छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न उक्तकार्यक्रममा गैरसरकारी संघसंस्थाले हालसम्म गरेका गतिविधिहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए भने आगामी योजनाहरूको पूर्व तयारी तथा समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो।

थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या वडाध्यक्षहरू, शाखा प्रमुखहरू तथा स्थानीय स्तरमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा थलारा गाउँपालिकाका अध्यक्षले गैरसरकारी संस्थाहरूले स्थानीय स्तरमा सेवा प्रवाहमा पुर्याएको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि एकीकृत योजना र सहकार्यमा काम गर्न आग्रह गरे।
संघसंस्थाका प्रतिनिधिहरूले पनि स्थानीय आवश्यकता अनुसारका कार्यक्रमहरू सञ्चालन गर्न गाउँपालिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा प्रगतिशील युवा समाज बिपद जोखिम न्युनिकरण ब्यबस्थापन परियोजना संयोजक छत्रराज जोशी, प्रगतिशील युवा समाज शिक्षा परियोजना संयोजक राजेन्द्र खड्का,प्रगतिशील युवा समाज सिर्जना परियोजना कार्यक्रम संयोजक बल बहादुर ओड, प्रतिबद्व ३ परियोजना बिपद परियोजना कार्यक्रम अधिकृत तेज बोहरा , दलित सहयोग समाज परियोजना संयोजक बिस्ना बम, स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम MPDS का प्राबिक सहायक धनसेर कडायत, साईपाल बिकास समाज प्रारम्भिक तह सिकाई कार्यक्रमका प्राबिधिक सहायक रमेश रोकाया, उपहार नेपालका सहजकर्ता नरेन्द्र कुमार धामी र आईडिएस नेपालका दिनेश थापाले आआफ्नो संस्थाको प्रगति बिबरण र बार्षिक बजेट प्रस्तु गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले आफू निर्वाचित भएर आए लगत्तै यस्तो कार्यक्रम आयोजना गर्ने भनेपनि बिबिध कारणले गर्न नसकिएपनि अहिले बजेट निर्माणको पुर्व सन्धयामा कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
जनतामा सरकारले गरेका काम भन्दा संस्थाले गरेका कामको बढी मुल्यांकन गर्ने परिपाटी छ भन्दै रोकायाले जनप्रतिनिधि साझा बन्नु भन्दा पनि पार्टीको प्रतिनिधि भएकाछौ अब हामी पार्टीका नभई जनताका प्रतिनिधि बन्नु पर्ने मा जोड दिनुभयो ।
उपाध्यक्ष राम बहादुर खातीले संस्थाको कार्य सराहनीय रहेको बताउदै सुसानका पाटामा थलारा गाउँपालिका सफल भएको धारणा राखनू भयो ।
प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्याले कार्यक्रमबाट तार्गेट र आवश्यकता अनुसार बजेट बिनियोजन गर्नु पर्दछ भन्ने सिकाई भएको छ । साझेदारी संस्थाले कार्यक्रम गर्दा सम्बन्धित वडा सरकारलाई जानकारी गराएर अगाडि बढ्न अनुरोध गर्दै पालिकाको बिकासका लागि ऐक्यबद्ध भएर समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रविन्द्र जोशी वडा नम्बर २ का अध्यक्ष रबिन्द्र खाती,वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी, वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्र बिष्ट ,वडा नम्बर ३ का कार्यबहाक अध्यक्ष चन्द्र भण्डारी, वडा नम्बर ४ का कार्यबाहक अध्यक्ष भिम डउडेले संघसंस्थाहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिदै राम्रा कार्यको प्रसंसा र कम्जोरीलाई सुधार गर्न सुझाव दिएका थिए । कार्यक्रम थलारा गाउँपालिका नायब सुब्बा नरेश ओलीको सञ्चालनमा भएको थियोे ।
कार्यक्रमले स्थानीय तहमा कार्यरत संघसंस्थाहरूबीच समन्वय अभिवृद्धि गर्नुका साथै विकास र सेवाप्रवाहलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
