पालिकासंग समन्वय गरेर देखिने गरि बिकास निर्माणका योजनामा बजेट बिनियोजन गर्ने सुदुरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीको भनाइ

सेयर गरौं

सुदुरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले पालिकासंग समन्वय गरेर देखिने गरि बिकास निर्माणका योजनामा बजेट बिनियोजन गर्ने बताउनु भएको छ ।  आज थलारा गाउँपालिकाले आयोजना गरेको अतिथि स्वागत कार्यक्रममा बोल्दै सभामुख भण्डारीले थलाराको बिकासका लागि पालिका संग समन्वय र सहकार्य गरेर अघिबढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । सभामुख भण्डारीले फरक प्रसंगमा बोल्दै  बिधेक मार्फत भएपनि स्थानीय  सेवा ऐन लाउने गरि छलफल भईरहेको बताउनु भयो । चाहिने भन्दा पनि नचाहिने क्षेत्रमा बहस प्रवेश गरेका कारण प्रदेश निजामती ऐन आउन नसकेको बताउनुभयो । 

1000051315


कार्यक्रममा बोल्दै पुर्व भौतिक पुर्वाधार मन्त्री सुरेश मल्लले अन्य प्रदेशको तुलनामा सुदुरपश्चिम प्रदेशमा कम बिकास भएको भन्दै जनप्रतिनिधिले त्यसको लागि भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा  थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले पूर्वाधार, सञ्चार,पर्यटन, बिधुत, स्वास्थ, शिक्षा, कृषि, पर्यटन लगायतका  ९ बुदे विभिन्न माग सहितको ज्ञापनपत्र सभामुख भण्डारीलाई बुझाउदै अतिथिहरूप्रति आभार प्रकट गर्दै गाउँपालिकाको हालको अवस्था र भावी योजना बारे जानकारी गराउनुभएको थियोे । उपाध्यक्ष राम बहादुर खातीले  कृषि र पर्टन थलाराको मुख्य आम्दानीको स्रोत भएकाले उक्त क्षेत्रमा बजेट बिनियोजन गर्न सभामुख भण्डारीलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा विभिन्न वडाका अध्यक्ष लगायत  जनप्रतिनिधि,  पालिका अन्तरगतका कर्मचारी हरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याको सञ्चालनमा भएको थियो ।

1000051320
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 308