थलारा गाउँपालिका औधोगिक ग्राम स्थापनाका   लागि स्थलगत अनुगमन

सेयर गरौं

थलारा गाउँपालिका औधोगिक ग्राम स्थापनाका   लागि आज स्थलगत अनुगमन गरिएको छ । बझाङ जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी नेतृत्वको टोलिले आज वडा नम्बर ३ खुईधारमा जग्गा प्राप्तिका लागि स्थलगत अनुगमन गरेको हो ।


थलारा गाउँपालिकामा औधोगिक ग्राम स्थापनाको लागि वडा नम्बर ३ को खुईधारमा जग्गा प्राप्त हुने भएपछि उक्त स्थानको अनुगमन गरिएको हो । हरेक स्थानीय तहमा एउटा औधोगिक ग्राम स्थापना गर्ने नेपाल सरकारको लक्ष्य अनुसार थलारा गाउँपालिकामा औधोगिक ग्राम स्थाना हुन लागेको हो ।

वडा नम्बर ३ जामबाजका २५ जना स्थानीयले ३५  रोपनी जग्गा दिने निर्णय गरेको वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो ।

अनुगमन टोलीमा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम बहादुर खाती प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी थलारा गाउँपालिका ईन्जिनियर संगित रोकाया मालप‍ोत कार्यालय झोता प्रमुख सुवास रावल लगायको सहभागिता रहेको थियो ।

1000052247
oplus_0


औधोगिक ग्राम स्थापनाका लागि जग्गा उपयुक्त रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताउनुभयो ।
औधोगिक ग्रामका लागि स्थानीयले जग्गा दिने सहमति भैसकेको हुदा उक्त स्थान उपयुक्त छ कि छैन भनेर आज स्थलगत अनुगमन गरिएको र स्थलगत अनुगमनबाट उक्त स्थान औधोगिक ग्रामका लागि उपयुुक्त देखिएकाले जग्गा प्राप्तिका लागि पहल अगाडि बढाईएको थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले बताउनुभयो ।


नेपाल सरकारले तोकेको मापदण्ड अनुसार जग्गा दिन देवल बाझ बासि तयार रहेको औधोगिक ग्राम स्थापनाका लागि जग्गा कम परेमा नजिकैका जग्गा धनी संग आग्रह गर्ने उपाध्यक्ष राम बहादुर खातीले बताउनुभयो ।


नेपाल सरकारले एक पालिका एक औधोगिक ग्रामको नीति ल्याएपनि अझै कयौं स्थानीय तहले त्यसको प्रक्रिया अघि बढाएकाछैनन । औधोगिक ग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाउने थलारा गाउँपालिका बझाङको पहिलो पालिका बनेको छ ।

1000052248
oplus_32
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 308