करदाताको सहजताका लागि थलारा गाउँपालिकाले सञ्चालन गर्यो राजश्व संकलन शिविर

सेयर गरौं

करदातालाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले थलारा गाउँपालिकाले राजश्व संकलन शिविर सञ्चालन गरेको छ। गाउँपालिकाको आन्तरिक राजस्व वृद्धिको लागि स्थानीय तहमा सीधै सेवा प्रवाह गर्न यो अभियान थालिएको हो।

करदाताको सहजताको लागि र करदाताको अनलाइन लगत राख्ने उद्देश्यले राजश्व परामर्श समितिको निर्णय अनुसार वडा कार्यालय मार्फत राजश्व संकलन शिविर सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्याले बताउनुभयो ।
उनका अनुसार यस्तो शिविरले ग्रामीण भेगका जनतालाई कर तिर्न टाढा टढा जानुपर्ने बाध्यताबाट मुक्त गराउने छ। साथै, यसले करप्रति जनचेतना अभिवृद्धि गरी राजस्व संकलनमा समेत वृद्धि हुने विश्वास गरिएको छ।

पालिका भित्रका घरजग्गाको अनलाइनमा लगत संकलन गर्नु पनि शिविरको अर्को उद्देश रहेको थलारा गाउँपालिका सुचना अधिकृत प्रकाश भण्डारीले बताउनुभयो । सुचना अधिकृत भण्डारीका अनुसार शिविरमा मालपोत र घरकर सेवा उपलब्ध गराइएको छ। अब सवै जग्गाको लालपुर्जाको विवरण अन्लाईनमा राखिने छ जसले पालिका भित्र जग्गा धनी कति छन र क- कस्ले राजश्व तिर्न बाकी छ भन्ने पत्ता लगाउन सजिलो हुनेछ भने जग्गा धनीलाई  कर तिर्न सहज हुने छ ।

स्थानीयवासीहरूले यस्तो शिविरले आफूहरूलाई समय र खर्च दुवैमा बचत गराएको बताउँदै पालिकाको प्रयासको सराहना गरेका छन्। थलारा गाउँपालिकाका ९ वटै वडाले आ आफ्नो अनुकूलतामा बैसाख महिना भित्रका टोलटोलमा  शिविर सञ्चालन गर्ने थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पाध्याले  जानकारी दिनुभयो ।

थलारा गाउँपालिकाले यो वर्ष ६० लाख राजश्व संकलनको लक्ष्य राखे पनि ४० लाख सम्म राजश्व संकलन हुने आकलन गरिएको छ । पालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइमा २६ लाख बढी राजश्व संकलन भईसकेको जानकारी गराईएको थियो ।

थलारा गाउँपालिकाले गत बर्ष ३१ राजश्व संकलन गरेको थियो । यस अभियानलाई निरन्तरता दिँदै पारदर्शिता र जवाफदेहिताको आधारमा सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 308