त्रिभुवन मा वि महेन्द्रधारमा विद्यार्थी भर्ना अभियान सम्पन्न

सेयर गरौं

आज थलारा गाउपालिका वडा नम्बर ४ मा रहेको  त्रिभुवन मा वि महेन्द्रधारमा विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ ।
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता ” भन्ने मूल नाराका साथविद्यार्थी भर्ना अभियान सम्पन्न भएको हो
प्रगतिशिल युवा समाज बझाङ चैनपुरको आर्थिक तथा प्राविधिक सहयोगमा गठित परिवर्तनशील बाल क्लव अध्यक्ष सुस्मिता बोहराको अध्यक्षतामा ”  अन्य चेतनामूलक शिक्षा सम्बन्धी नाराहरु तय गरी बालक्लवका पदाधिकारीहरु संगै प्रअ धन बहादुर बिष्ट शिक्षक राम साउँद, अमृत बोहरा, धनसरा कुँवर, प्रेम बहादुर बिष्ट, लेखापाल भरत साउँद र प्रगतिशल युवा समाजका फिल्ड सहजकर्ता रमेश बहादुर साउँद सहित उपस्थित भएको उक्त अभियानमा  विद्यालयका सरोकारवाला टोल माथिल्लो डिखला ‘ विच डिखला ‘ तल्लो डिखला ‘ गोत्राडी ‘ गडिगाउ टोलमा नारा लगाउँदै अभिभावक भेटघाटसहित विद्यार्थी भर्ना चाडो गरिदिन अनुरोध गरेको शिक्षक प्रेम बिष्टले बताउनस भएको छ । उनका अनुसार यहि बैशाख २५ गते देखि सञ्चालन हुने पठनपाठनमा आ आफ्नो ठाउँबाट आफ्ना नानीबाबुलाई समयमै भर्ना गरी सहयोग गर्न अनुरोध समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 308