थलारा गाउँपालिकामा उत्कृष्ट निबन्ध लेख्ने छात्र छात्रा पुरस्कृत

सेयर गरौं

थलारा गाउँपालिकाले उत्कृष्ट निबन्ध लेख्ने छात्र छात्रालाई पुरस्कृत गरेको छ । संबिधान दिवस २०८१ को अवसरमा आयोजना गरेको पालिका स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट निबन्ध लेख्ने ४ जना छात्र छात्रालाई शुक्रबार पुरस्कृत गरेको हो ।
थलारा गाउँपालिका शिक्षा शाखाले संविधान दिवस २०८१ को अवसरमा संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवस शिर्षकमा ६-१२ कक्षा सम्म अध्ययनरत बिधार्थीलाई निबन्ध लेख्न ईच्छुक छात्र छात्राबीच निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।
हामीले ६-१२ कक्षा सञ्चालन भएका बिधालयमा निबन्धको शिर्षक पठाएका थियौँ बिधालयबाट छनौट भई १० वटा उत्कृष्ट निवेदन गाउँपालिकामा आएका थिए थलारा गाउँपालिका शिक्षा शाखा संयोजक हर्क बहादुर रोकायाले भन्नू भयो तीमध्ये उत्कृष्ट ४ जनालाई सम्मान गरेकाछौ ।
प्रतियोगितामा त्रिभुवन मा बि महेन्द्रधार कि छात्रा सुस्मिता बोहरा प्रथम, थलारा मा बि खोलीकी छात्रा रुपा जोशी द्वितीय, दुर्गाभवानी षड्तोलका छात्र मधुसूदन जोशी तृतीय र चक्रेश्वर मा बि मालुमेलाकी छात्रा भावना कुमारी भण्डारीले सान्त्वना पुरस्कारले पुरस्कृत भएका हुन ।
उनिहरुले क्रमशः ४०००,३०००,२००० र १००० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेकाछन् । एक कार्यक्रमका बीच थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती र प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्याले सम्मान सहित पुरस्कृत गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 308