३ जेष्ठ २०८२, शुक्रबार

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थलारामासंयुक्त बैठक सम्पन्न
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थलारामा
संयुक्त बैठक सम्पन्न भएको छ । एकीकृत दिवाखाजा कार्यक्रम अन्तरगत साईपाल बिकास समाज बझाङद्वारा सन्चालित प्रारम्भिक तह सिकाई कार्यक्रम र थालारा गाउँ पालिकाको संयुक्त आयोजनामा गाउँ शिक्षा समिति, बिधालय ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ तथा प्रधानाध्यापक संयुक्त बैठक सम्पन्न भएको हो ।
पालिकाको सभाहलमा आयोजित पहिलो दिन बैठकमा थलारा गाउँपालिका वडा नम्बर १,२,३,४ भित्रका सम्पूर्ण र वडा नम्बर ५ का दुई विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । भने शनिबार वडा नम्बर ६,७,८,९ र वडा नम्बर ५ भित्र बाकी बिधालयको सहभागीता रहने छ।

साईपाल विकास समाजको आयोजनामा युएसडिए/ विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोग र विश्व शिक्षा नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो
थलारा गाउँपालिका शिक्षा संयोजक हर्कबहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथि र प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या बिशिस्ट अतिथि वडा नम्बर १ का अध्यक्ष रबिन्द्र जोशी, वडा नम्बर २ का अध्यक्ष रबिन्द्र खाती वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी लगायत अतिथि रहनु भएको थियो । कार्यक्रममा
शैक्षिक गुणस्तर सुधारका लागि थलारागाउँ पालिकाका ४४ वटै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक संघ अध्यक्षहरु र अन्य सरोकारवालाहरूको उपस्थिति रहनेछ । । कार्यक्रममा विश्व शिक्षा नेपालका जिल्ला अधिकृत पदमसिँह धामी र साईपाल विकास समाज बझाङ प्रारम्भिक तह सिकाइ कार्यक्रमका संयोजक शिवराज बुढाले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँदै प्रभावकारी शिक्षण प्रणालीका बारेमा मार्गदर्शन गर्नु भएको थियोे ।

कार्यक्रम शिक्षा सहायक रायभान ओलीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले पछिल्लो समय सरकारी विद्यालयहरूको गुणस्तर खस्किएको बताउँदै, सबै पक्षलाई जिम्मेवार बन्न र बिधार्थीढको भविष्यप्रति संवेदनशील रहन सुझाव दिनुभयो । सहभागीहरूले शिक्षा सुधारका लागि ४९ बुँदे कार्ययोजना प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
