भुकम्प  प्रभावित घरको प्राविधिक निरीक्षणका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्राविधिक  टोली  थलारा गाउँ  पालिकामा

सेयर गरौं

भुकम्प  प्रभावित घरको प्राविधिक निरीक्षणका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राविधिक  टोली  थलारा गाउँ  पालिकाका टोलमा पुग्ने गरि आएको छ । टोलीले आज देखि थलारा गाउँपालिका वडा नम्बर  ५ वाट कार्य सुरु गरेको  थलारा गाउँपालिकाले जनाएको छ ।
अस्थायी आवासमा नाम भएका ७६० घर र त्यसमा छुटभएका ३०५ गरि जम्मा १०६५ घरहरूको क्षति मूल्यांकन यो टिमले गर्नेछ।
२०७९ को भुकम्पमा भएको क्षतिको मुल्यांकन भई ६१ जना लाभग्राही छनोट भई सम्झौताको चरणमा  रहेको  र अझै यो लिष्टमा पनि छुट भएमा नागरिकताको प्रतिलिपी, लालपूर्जाको प्रतिलिपी, क्षति भएको खुल्ने मुचुल्का र फोटो सहित वडा कार्याललयमा निवेदन दिन सकिने प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज  पाध्याले बताउनुभयो ।
छुट भएकाहरूको निवेदन संकलन गरी प्राधिकरणलाई थप जनशक्ति खटाईदिन अनुरोध गरिने  उनको भनाइ रहेको छ
भुकम्पका कारण  घर पूर्ण क्षति भएको वा प्राविधिक दृष्टिले बस्न योग्य नभएको ,
नेपाल भरि आफ्नो वा परिवारको नाममा अर्को घर नभएको ,व्यक्ति मात्र अनुदान पाउन योग्य हुनेछ
यो अनुदानको  मापदण्डमा निजी आवास क्षति भएका परिवार मात्र पर्नेछन्, पसल, गोठ, खर्क, छाना वा घर बाहेक अन्य संरचना क्षति भएकाहरूले  निवेदन नगर्नु  पालिकाले अनुरोध गरेको छ।
पालिकाले एउटा घर क्षति भए पनि बस्नलाई  गाउँमै अर्को घर भएका वा पालिका बाहिर जहाँसुकै भएपनि अर्को बस्न योग्य घर भएकाहरूले अनुदान लिने मनसाय राखी निवेदन नदिनु हुन साथै कसैले दिएको भए ईमान्दारितापूर्वक फिर्ता लिई राज्यबाट गैरकानुनी लाभ नलिनु हुन समेत अनुरोध  गरेको छ।
यो चरणमा क्षति मूल्यांकन हुने घरहरुको विवरण  आफ्नो  वेवसाईडमा राखेको छ। त्यसको लागि
thalaramun.gov.np/sites/thalaramun.gov.np/files/Earthqu
मा गएर हेर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407