९ माघ २०८२, बिहीबार

थलारामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सञ्चालन हुने
थलारामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा जान नसक्ने जेष्ठ नागरिक र अशक्त नागरिकको सजिलोका लागि थलारा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सञ्चालन हुने भएको हो ।
परिचयपत्र बितरण शिविर यहि जेठ ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने छ ।
थलारा गाउँपालिकाले जारी गरेको सुचना अनुसार जेठ ६ गते वडा नम्बर ५ र ६ का लागि थलारा गाउँ कार्यपालिकाको कार्यालय ,७ गते वडा नम्बर ७ र ८ का लागि थलारा गाउँ कार्यपालिकाको कार्यालय शिविर सञ्चालन हुने स्थान तोकेको छ । त्यस्तै जेठ ८ गते १ नम्बर वडा कार्यालय मोतीपुर, ९ गते २ नम्बर वडा कार्यालय दंगाजी, १० गते ४ नम्बर वडा कार्यालय महेन्द्रधार, ११ गते ३ नम्बर वडा कार्यालय दिपिल र १२ गते ९ नम्बर वडा कार्यालय मालुमेलामा शिविर सञ्चालन हुने छ ।
सामाजिक सुरक्षा भत्ता पाउन, बैंक खाता खोल्न,
बिदेश जान, जग्गा पास गर्न जस्ता सरकारी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जेष्ठ नागरिक अशक्त नागरिक र राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकले समस्या झेल्दै आएका थिए । वडामै राष्ट्रिय परिचयपत्र बन्ने भएपछि उनिहरुलाई सहज हुने अपेक्षा गरिएको छ । राष्ट्रिय परिचयपत्र नबनेका नागरिकलाई आ आफ्नो पालोमा सम्बन्धि स्थानमा गएर सेवालिन थलारा गाउँपालिकाले अनुरोध गरेको छ ।








