थलारामा दुई दिने निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न

सेयर गरौं

बझाङ जिल्लाको थलारा गाउँपालिकामा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।  युनाइटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक सहयोगमा र दलित सहयोग समाजको साझेदारीमा सञ्चालित मानसिक स्वास्थ्य परियोजनाद्वारा मंगलबारदेखि सुरु भएको शिविर बुधबार सम्पन्न भएको हो। 

1000057441


शिविरको पहिलो दिन मंगलबार दंगाजी स्वास्थ्य चौकीमा र दोस्रो दिन बुधबार वडा नं. ५ स्थित कोटभैरब स्वास्थ चौकीमा सञ्चालन गरिएको थियोे ।
शिविरमा मनोचिकित्सक विशेषज्ञ डा. खगेन्द्र काफ्लेले  र डा. सृजना भुर्तेलले सेवा प्रदान गर्नु भएको थियोे ।  शिविरमा चिन्ता, उदासी, गम्भीर मानसिक समस्या र लागुपदार्थ दुर्व्यसन सम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूले परामर्श सेवा दिनुकासाथै औषधिपनि बितरण गरिएको थियो ।

1000057547


शिविरको पहिलो दिन १ सय ५५ जनाले सेवा लिएका थिए ।  उक्त शिविरमा दलित सहयोग समाजका ईडि शुनिल नेपाली अतिथि रहनु भएको थियोे ।
दोस्रो दिनको शिविर थलारा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा कोटभैरब स्वास्थ्य चौकी ब्यबस्थापन समिति अध्यक्ष नर बहादुर खातीको अध्यक्षतामा सम्पन्न भएको थियो । शिविरको परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष खातीले दलित सहयोग समाज मानसिक स्वास्थ परियोजनाले शिविर सञ्चालन गरेर दुर्गम क्षेत्रका मानसिक समस्या भएका ब्यक्तिलाई सेवा प्रर्दान गर्दै आएको बताउदै आभार ब्यक्त गर्नुभयो ।  कार्यक्रममा दलित सहयोग समाजका कार्यसमिति सदस्य रुपेन्द्र रसाइली अतिथि रहनु भएको थियो ।

1000057578


दोस्रो दिनको शिविरमा १२५ जनाले सेवा लिएका थिए ।
दुई दिनको शिविरमा ६३ पुरुष र २१७ महिला गरि जम्मा २८० जनाले सेवा लिएको र ती मध्ये २०२ मनकै समस्या भएका ब्यक्ति रहेको परियोजना संयोजक बिस्ना बमले जानकारी दिनुभयो ।
परियोजनाले लामो समय देखि थलारा गाउँपालिकाका ९ वटै वडामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस प्रकारका शिविरहरूले दुर्गम क्षेत्रका मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूलाई आवश्यक सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको सेवाग्राहीको प्रतिक्रिया छ ।  यस्ता पहलहरूले समुदायमा मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्न र सेवाको पहुँच विस्तार गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

1000057439
1000057545
1000057438
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407