२४ कार्तिक २०८२, आईतवार

हावाहुरिले रुख ढल्दा थलारा गाउँपालिकामा एक घरमा क्षति
हावाहुरिले रुख ढल्दा थलारा गाउँपालिकामा एक घरमा क्षति पुगेको छ । बुधबार साझ आएको हावा हुरिले घर नजिकैको ओखरको रुख ढल्दा थलारा गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य दुवालिका गोविन्द जोशी को दुइ तले घरमा क्षतिपुगेको हो । घरको छानामा रुख ढल्दा
मानवीय क्षति नभए पनि घरको छानाका स्लेट फुटेकाछन भने घरको एकतिरको भाग बसेको वडा सदस्य जोशीले बताउनुभयो ।
अहिले स्थानीयको सहयोगमा रुख काटेर हटाईएको छ ।
त्यस्तै मिति ५ गते आएको हावाहुरी र चट्याङबाट थलारा गाउँपालिकामा भएको क्षति विवरण प्राप्त भएको छ । हावाहुरीबाट थलारा-४ ठिङतोलीमा लक्ष्मण थापाको गोठसहित घर भत्किएको छ भने चट्याङबाट थलारा-४ ठिङतोलीमा मानबहादुर बोहराको घरमा बिधुत सट भएको मोबाइल पड्किएको थलारा एलडिएमसिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



