२४ कार्तिक २०८२, आईतवार

थलारामा ७ दिने अचार बनाउने तालिम सम्पन्न
थलारा गाउँपालिका वडा नम्बर ७ मा महिलाहरुलाई लक्षित गर्दै आयोजना गरिएको ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ। तालिम जेठ २ देखि ८ गतेसम्म सञ्चालन गरिएको हो।
थलारा गाउँपालिका उधम शाखाको आयोजनामा सञ्चालित उक्त तालिममा वडा नम्बर ७ का १५ जना महिला तथा पुरुषधको सहभागी थिए। तालिमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्थानीय उत्पादनमा आधारित बस्तुबाट अचार बनाउने सिप विकास गर्नु रहेको उधम शाखा प्रमुख कबिन्द्र बिष्टले बताउनुभयो ।
तालिममा अनुभव प्राप्त प्रशिक्षकद्वारा लसुन मासु,काफल, तिमिला, गाजर, तितेकरेला लगायत स्थानीय उत्पादनको प्रयोग गरी अचार बनाउन सिकाइएको थियोे । सहभागीहरूले तालिमले स्वरोजगार हुने ज्ञान सीप प्राप्त गरेपनि अचारबनाउने मिक्चर लगायतका सामाग्री उपलब्ध भए झन सहज हुने बताएकाछन ।
थलारा गाउँपालिकाका वडा नम्बर ७ का का वडा सदस्य बिमला आग्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव मनिराम पाध्या प्रमुख अतिथि रहनु भएको थियो।



