थलारा गाउँपालिकामा शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम तालिम सुरु

सेयर गरौं

थलारा गाउँपालिकामा कक्षा १ देखि ३ सम्मका शिक्षकहरूलाई लक्षित गरी एकीकृत पाठ्यक्रम तालिम सुरु गरिएको छ। यहि जेठ १२ गतेदेखि सुरु भएको तालिम ३ दिनसम्म सञ्चालन हुने जनाइएको छ। तालिमको मुख्य उद्देश्य शिक्षण सिकाइ प्रक्रियामा गुणस्तर अभिवृद्धि गर्दै बालबालिकाको सिकाइ उपलब्धिको प्रभावकारी मूल्यांकन सुनिश्चित गर्नु रहेको छ।

1000059044


गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सञ्चालित तालिममा थलारा क्षेत्रका प्राथमिक तहका विद्यालयहरूबाट  शिक्षकहरूको सहभागिता रहेको छ। तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा, बालमैत्री शिक्षण विधि, क्रियाशील मूल्यांकन, सिकाइ उपलब्धि अभिलेखीकरण, शिक्षकको भूमिकालगायतका विविध पक्षहरू समेटिएका छन्।
शिक्षा शाखा प्रमुख हर्कबहादुर रोकायाका अनुसार, “नवीनतम पाठ्यक्रम र मूल्यांकन विधिहरूको प्रयोगबारे शिक्षकहरूलाई दक्ष बनाउन तालिम सञ्चालन गरिएको हो। यसले शिक्षण पद्धतिमा सुधार ल्याउने अपेक्षा गरिएको छ।”

1000059050


शिक्षा संयोजक हर्क बहादुर रोकायाको अध्यक्षतामा भएको  तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथि रहनु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज पाध्या,प्रगतिशील युवा समाज शिक्षा परियोजना संयोजक राजेन्द्र खड्का प्रशिक्षक कृष्ण बोहरा लगायत अतिथि रहनु भएको थियो । 

1000059042


कार्यक्रममा बोल्दै उपाध्यक्ष खातीले
मुल्यांकन नगरी बिधार्थीलाई माथिल्लो कलासमा पठाउनु ठुलो कम्जोरी रहेको बताउनुभयो । साथै उनले शिक्षकले सवै बालबालिकालाई आफ्नै छोराछोरी जस्तै सम्झनु भन्दै  शिक्षक कुनै पार्टीको हुनुहुदैन भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले शैक्षिकसत्रको प्रारम्भमै भएको तालिम उपलब्धिमुलक रहने आशा ब्यक्त गर्दै सवै शिक्षकलाई ईमानदारी पुर्वक आफ्नो भुमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।
प्रगतिशील युवासमाज सिकाई परियोजना संयोजक राजेन्द्र खड्काले तालिमले निरन्तर सिकाई र मुल्यांकनमा रहेको दुरी मेटाउन सहयोग गर्ने धारणा राख्नु भयो

1000059047


कार्यक्रमको समापन गर्दै शिक्षा संयोजक हर्क बहादुर रोकायाले तालिमलाई तालिमको रुपमा मात्र नभई उपलब्धिको रुपमा लिन अनुरोध गर्नु भयो ।
गाउँपालिकाले आगामी दिनमा अन्य   शिक्षकहरूका लागि पनि यस्तै खालका विषयगत तथा मूल्यांकनसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

1000059045


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407