बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

सेयर गरौं

बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ

जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

स्थानीय दीपक कार्कीका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक करनसिंह महतरा र जीपमा सवार बडीमालिका नगरपालिका– ७ का रविन्द्र धामीको मृत्यु भएको छ । 

बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बुढीनन्दा –२ का लोकेन्द्र तिरुवा र नन्दराम तिरुवा घाइते भएका छन् । 

आज बिहान बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेको बा ५ च २२०९ नम्बरको जीप सोही गाउँपालिकाको २ नम्बर वडामा रहेको काँडाकोटमा दुर्घटनामा परेको थियो । डीएसपी हवारीका अनुसार जीप सडकबाट ८० मिटर तल खसेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1401