थलारामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सम्पन्न ५ सय ले लिए परिचयपत्र

सेयर गरौं

थलारामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सम्पन्न भएको छ । थलारा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय चैनपुर बझाङमा जान नसक्ने जेष्ठ नागरिक र अशक्त नागरिकको सजिलोका लागि थलारा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सञ्चालन गरेको हो ।
परिचयपत्र बितरण शिविर यहि जेठ ६ गतेदेखि १२ गतेसम्म  सञ्चालन  हुने भनिएपनि सेवा ग्राही धेरै भएकाले दुई दिन थप गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज पाध्याले जानकारी दिनु भएको छ । उनका अनुसार
सेवा ग्राहीको समस्यालाई मध्यनजर गरि १३ र १४ गते गाउँ कार्यपालिका भवनमा थप दुई दिन
शिविर सञ्चालन गरिएको हो ।
मंगलबार साझ सम्म पालिकाका ९ वटै वडाका करिव ५ सय नागरिकको राष्ट्रिय परिचयपत्र बनेको जसमा ६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुष रहेका परिचयपत्र विवरण शाखा अप्रेटर श्यामबहादुर बोहराले जानकारी दिनुभयो ।
थलारा गाउँपालिकामा जेठ ६ गते वडा नम्बर ५ र ६ का लागि थलारा गाउँ कार्यपालिकाको कार्यालय ,७ गते वडा नम्बर ७ र ८ का लागि थलारा गाउँ कार्यपालिकाको कार्यालय शिविर सञ्चालन भएको थियो । उक्त दिन सेवाग्राही धेरै आउदा राष्ट्रिय परिचयपत्र बनाउन सकिएको थिएन । बाकी रहेकालाई मंगलबार र बुधबार सेवा दिने निर्णय गरिएको थियो ।
शिविर जेठ ८ गते १ नम्बर वडा कार्यालय मोतीपुर, ९ गते २ नम्बर वडा कार्यालय दंगाजी, १० गते ४ नम्बर वडा कार्यालय महेन्द्रधार, ११ गते ३ नम्बर वडा कार्यालय दिपिल र १२ गते ९ नम्बर वडा कार्यालय मालुमेलामा शिविर सञ्चालन गरिएको थियोे ।
सामाजिक सुरक्षा भत्ता पाउन, बैंक खाता खोल्न, बिदेश जान, जग्गा पास गर्न जस्ता सरकारी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जेष्ठ नागरिक अशक्त नागरिक र राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकले समस्या झेल्दै आएका थिए । वडामै राष्ट्रिय परिचयपत्र बनेपछि उनिहरु खुसी भएकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407