थलारा ८ मा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ८ मा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धिका लागि आयोजित अभिमुखिकरण गोष्ठी आज सम्पन्न भएको छ।
थलारा गाउँपालिका वडानम्बर ८ को आयोजनामा सम्पन्न उक्त गोष्ठीमा स्थानीय जनप्रतिनिधि, वडासचिव, महिला स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

1000060102


गोष्ठीमा नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रमहरू जन्म, मृत्यु, विवाह, बसाई सराइ आदि व्यक्तिगत घटना दर्ताको कानुनी प्रक्रिया, महत्त्व र दर्ता नगर्दा हुन सक्ने समस्याहरूका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै वडा अध्यक्ष टिकाराज जोशीले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रत्येक नागरिकको जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उनले स्थानीय तहमा दर्ता प्रक्रियालाई सहज, सर्वसुलभ र प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको कुरामा जोड दिनुभयो।

1000060106


वडा सचिव डिल्ली राज पाण्डेको सञ्चालन रहेको गोष्ठीमा थलारा गाउँपालिका रोजगार संयोजक तथा पुर्व एमआईएस अप्रेटर शेर बहादुर बिष्टले अनुभव आदानप्रदान गर्दै घटनादर्ता सम्बन्धी विद्यमान कानुनी प्रक्रिया चुनौती तथा सुधारका उपायहरूमाथि पनि छलफल गरेका थिए।

1000060099
oplus_0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407