थलारा गाउँपालिकाको १५औ गाउँ सभा असार ४ गते देखि सुरुहुने

सेयर गरौं

थलारा गाउँपालिकाको १५औ गाउँ सभा असार ४ गते बस्ने भएको छ । गाउँ सभा र नगर सभा सञ्चालन ऐन २०७५ को दफा ३ ( १) बमोजिम थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले गाउँ सभाको १५औ अधिबेशन मिति २०८२ असार ४ गते देखि प्रारम्भ हुने गरि आब्हान गरिएको गाउँ सभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज पाध्याद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । सुचना अनुसार गाउँ सभा असार ४ गते ११ बजे सुरु हुने भएकोले दिउसो १०:३० बजे सवै गाउँ सभा सदस्य लाई उपस्थित भै सक्न अनुरोध गरिएको छ ।


गाउँ सभामा चालु आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा, आगामी आर्थिक वर्ष २०८२/८३ को आय-व्यय अनुमान बजेट नीति तथा कार्यक्रमहरू प्रस्तुत गरिनेछ।
थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले गाउँसभाको सफल सञ्चालनका लागि सम्पूर्ण सदस्यहरूलाई समयमै उपस्थित हुन अनुरोध गर्नु भएको छ।


गाउँसभा तथा नगरसभा सञ्चालन ऐन, २०७५ को दफा ३(१) मा गाउँसभा वा नगरसभाको बैठक आह्वानसम्बन्धी व्यवस्थामा अध्यक्षले प्रत्येक वर्ष असार मसान्तभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नका लागि एकपटक अनिवार्य रूपमा गाउँसभा वा नगरसभाको बैठक आह्वान गर्नुपर्ने प्राबधान छ ।

1000064110
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 415