थलारा गाउँपालिकामा दुई दिने फलामे टनेल निर्माण तथा बेमौसमी तरकारी तालिम सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकामा दुई दिने फलामे टनेल निर्माण तथा बेमौसमी तरकारी तालिम सम्पन्न भएको छ ।
हिजो देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउन र बाहिरी बाट आयात हुने तरकारी रोक्ने उद्देश्यले तालिमको आयोजना गरिएको थलारा गाउँपालिका कृषि शाखाले जनाएको छ । दुई दिने तालिममा सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको

1000064332


थलारा गाउँपालिका कृषि शाखा ना प्र स बिनोद रावलले बताउनुभयो । सहभागीलाई कृषि शाखा प्राबिधिक तेज बहादुर ओली र लोकेन्द्र धामीले प्रशिक्षण दिनु भएको थियो । तालिममा थलारा गाउँपालिका भित्रका २८ जना कृषकको सहभागीता रहेको थियो ।

1000064333


तालिमको समापन गर्दै थलारा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशीले
तालिममा सिकेका कुरा ब्यवहारमा लागू गरि आत्मनिर्भर बन्न र बजारको माग अनुसार तरकारी खेती गर्न आग्रह गर्नु भयो ।
तालिममा सहभागी मोहन भण्डारीले निर्वाहमुखि कृषि प्रणाली लाई ब्यबसायिक रुपमा लाग्ने
बताउनुभयो ।
कृषि शाखा प्राबिधिक तेजबहादुर ओली असार १५ गतेसम्म टनेल निर्माण गरि सक्न र पालिकाले दिएको अनुदानबाट फाईदा लिन आग्रह गर्नु भयो ।

1000064334
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407